म्यानमारमा सेनाले घरमा छिरेर पिताको काखमा बसिरहेकी ७ वर्षकी बालिकालाई गोली हान्यो, हालसम्म २० बालबालिकाको मृत्यु

म्यानमारमा सैन्यू कूविरुद्ध चलिरहेको प्रदर्शनको दमनमा लागेको सेनाले अर्को एउटा क्रुर कारवाही गरेको छ । मांडले शहरमा सेनाले पिताको काखमा बसेकी ७ वर्षकी बालिकालाई गोली हानेको छ । प्रहरीको गोली लागेर मृत्यु हुनेमा खिन मायो चित सबैभन्दा कम उमेरकी पीडित हुन् ।
मृतकका छिमेकी सुमायाले भनिन्, ‘प्रहरीले मंगलबार प्रदर्शनकारीको खोजी गरिरहेका थिए । केही प्रहरी आए र लात हानेर खिनको घरको ढोका ढक्ढकाउन थाले । खिनकी दिदीले ढोका खोलेपछि जवान घरमा छिरे । सोध्न थाले, ‘पापाबाहेक घरमा को छन् ?’’
दिदीले भनिन्, ‘कोही छैन । प्रहरीले उनको कुरा झुटो बताएर कुटे । यो देखेर अगाडि उभिएकी खिन डराएर घरमा भएका पिताको काखमा बसिन् । तब पछाडिबाट आएका प्रहरीले पितामाथि गोली बर्साउन सुरु गरे, त्यहि क्रममा बालिकामाथि गोली लागेर उनको घटनास्थलमा नै मृत्यु भयो । ’
सेभ द चिल्डे«नका अनुसार म्यानमारमा हालसम्म सेनाको गोलीबारीमा २० बालबालिकाको ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा राठौर र साउदले गुट परिवर्तन गरेका हुन् ?
-
स्कुटर चोरीमा संलग्न पक्राउ
-
‘नेपालमा दातृ निकायहरूको सहयोग कटौती हुने जोखिम’
-
बेलायत र भारतले सुरु गरे व्यापार वार्ता
-
परराष्ट्रमन्त्री राणा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
-
‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत