जब मलाइकाले रेष्टुरेन्टको बाथरुमबाट निस्किएपछि पाइन्ट माथि सार्न बिर्सिइन्...
कोरोनाभाइरसको डर मानिसहरुको मनमा थप गहिरिँदै छ । फेस मास्क लगाउनेदेखि बारम्बार हात धुनेसम्म सबैले पूर्ण सतर्कता अपनाइरहेका छन् । अब नायिका मलाइका अरोडाले आफूमाथि घटित भएको एउटा घटना सेयर गरेकी छिन् ।
मलाईकाले लेखेकी छिन्, ‘पहिला जब मानिसहरु घरमा आउँथे तब हामीले ‘कुकुरलाई भ्याक्सिन लगाएको छ, नडराउनुस्’ भनिन्थ्यो । अब म उनीहरुलाई भन्छु ‘नडराउनुस्, हामीले भ्याक्सिन लगाइसकेका छौं ।’
मलाइकाले थपिन्, ‘हामी सबै पागल भइसकेका छौं । एकपटक एउटा रेष्टुरेन्टको बाथरुममा गएकी थिएँ । मैले कुहिनोले बाथरुमको ढोका खोलेँ । मैले आफ्नो खुट्टाले टोयलेटको सीट उठाएँ । मैले टिस्यूको मद्दतले पानीको धारा खोलेँ । आफ्नो हात धोएँ ।’
‘त्यसपछि पुनः बाहिर निस्कनका लागि कुहिनोले बाथरुमको ढोका खोलेँ र जब म फर्किएर टेबलमा आएपछि मलाई महसुस भयो कि मैले आफ्नो पाइन्ट त माथि नै सार्न बिर्सिएछु ।’ योसँगै उनले हाँसेको इमोजी राखेकी छिन् ।
स्मरण रहोस्, सन् २०२० को सेप्टेम्बर ७ मा मलाइकाले कोरोनाभाइरस पोजेटिभ भएको खबर इन्स्टाग्राममा सेयर गरेकी थिइन् । त्यसपछि उनी होम क्वारेन्टिनमा बसेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु
-
पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा
-
फागुनमै विवाह गर्दै अस्मिता र महेश
-
महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि पशुपतिको चारै ढोका खुला गरिने
-
कांग्रेस–एमालेको काम रास्वपा र रविलाई लखेट्ने हो : सन्तोष परियार
-
डेलिभरी भ्यान अनियन्त्रित भएर घरको आँगनभित्र छिर्यो, एकको मृत्यु