शोभितले सुरु गरे ‘डाँडाको वर पीपल’
बिहीबार, १२ चैत २०७७, १४ : ४२
काठमाडौँ । फिल्म ‘डाँडाको वर पीपल’ शुभ मुहूर्त गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रममा बीच मुहूर्त गरिएको फिल्म शोभित बस्नेतले निर्देशन गर्न लागेका हुन् । शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, राजीवजङ्ग बस्नेत, यसराज गहतराजको मुख्य भूमिका रहने फिल्म पारिवारिक कथामा बन्न लागेको हो । फिल्मका लागि तीन नायिका र एक नायक केही दिनमा फाइनल हुने निर्देशक बस्नेतले जानकारी दिए ।
सुशान्त प्रजापतिको छायाँकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य, नवराज गिरीको गीत रहेको फिल्मको काठमाडौं, कालाबाङ, पूर्व र से फोक्सुन्डो तालमा खिचिनेछ । फिल्मको छायाँकन सेडुल ७५ दिनको रहेको निर्देशक बस्नेतले जानकारी दिए ।