शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

थ्यालियमले लिए सासूको ज्यान, श्रीमती कोमामा... सद्दाम हुसैनको किताबबाट लिए आइडिया

बिहीबार, १२ चैत २०७७, १४ : २६
बिहीबार, १२ चैत २०७७

दिल्लीको एक रियल स्टेट कारोबारी वरुण अरोडाले इराकका तानाशाह सद्दाम हुसैनले आफ्नो राजनीतिक विरोधीलाई मार्नका लागि थ्यालियम नामक विषाक्त पदार्थको उपयोग गर्नेबारे पढे । यहि आइडियामा दिल्लीका यी कारोबारीले आफ्नो सासू र श्रीमतीलाई मार्ने योजना बनाए ।

उनले फेब्रुअरी महिनामा आफ्ना सासू, ससुरा, साली र श्रीमतीलाई माछासँगै थ्यालियम खुवाए । हालै उनकी सासूको मृत्यु भयो र उनकी श्रीमती कोमामा पुगिन् । यस्तै उनकी सालीको पनि यति नै बेला मृत्यु भयो ।

यो घटनाबारे त्यतिबेला पर्दाफास भयो जब कारोबारीका ससुरा र होमियोप्याथी औषधीका निर्माता देवेन्द्र मोहन शर्माले उनकी श्रीमती अनिता शर्माको गंगा राम अस्पतालमा मृत्यु भएको र हत्याका लागि उनलाई आफ्ना ज्वाईं वरुण अरोडामाथि शंका भएको बताए । ससुराले फेब्रुअरी महिनामा उक्त घटनाबारे कुरा गरेका थिए । उनका अनुसार वरुणले पूरा परिवारलाई माछा खुवाएको तर आफ्ना बच्चालाई नखुवाएको  र आफूले पनि नखाएको बताए । यहि खानामा उनले विषाक्त पदार्थ मिसाएका थिए ।

प्रहरीले जब मृतक सासूको पोस्टमार्टम गराए तब मृतक महिलाको शरीरमा थ्यालियमको भारी मात्रा पाइयो । त्यसपछि प्रहरीले आरोपीकी श्रीमतीको पनि मेडिकल गराए जो हाल कोमामा छिन् । आरोपीकी श्रीमतीको शरीरमा पनि थ्यालियमको अत्यधिक मात्रा भेटियो । त्यसपछि प्रहरीले आरोपीको ल्यापटप र सिस्टमलाई आफ्नो कब्जामा लिएर अनुसन्धान गरे । प्रहरीले उनको इन्टरनेट हिस्ट्रीमा सद्दाम हुसैनसँग सम्बन्धित कन्टेन्ट पढिएको पाए जसमा उनले सद्दाम हुसैन आफ्नो राजनीतिक प्रतिद्वन्द्वीसँग जुध्नका लागि थ्यालियमको प्रयोग गर्ने कुरा लेखिएको थियो । हाल प्रहरीले आरोपी कारोबारी वरुण अरोडालाई पक्राउ गरेको छ ।

के हो थ्यालियम ?

थ्यालियम एक अत्यधिक विषालु धातु रासायनिक तत्व हो । यसको खोज अंग्रेज वैज्ञानिक विलियम क्रुक्सले १९ औं शताब्दीमा एक विशेष सेलेनियम युक्त पायराइटमा वर्णक्रममापी उपकरणद्वारा गरिएको थियो । थ्यालियमको प्रयोग किराफट्याङ्ग्रा र मुसाको विषको रुपमा गरिन्थ्यो तर यो मानिसका लागि पनि जोखिम भएकोले यसको प्रयोगमा रोक लगाइएको थियो । कसैको ज्यान लिनका लागि यसको थोरै मात्रा पनि काफी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप