शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

फिल्म निर्देशक कटुवाल चढेको मोटरसाइकल दुर्घटना

बिहीबार, १२ चैत २०७७, ११ : ५०
बिहीबार, १२ चैत २०७७

 

फिल्म निर्देशक भोमन कटुवाल सवारी दुर्घटना परेका छन् । बुधबार कुपण्डोलबाट कलंकीस्थित नेपाल नेशनल अस्पतालमा राखिएको सुटिङमा जाने क्रममा उनी मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

साइकल सवार एक व्यक्तिले अचानक बाटो काटेपछि  उनी चढेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको कलाकार प्रमोद अग्रहरीले जानकारी दिए । कटुवाललाई घुँडामा गहिरो चोट लागेको छ । उनको उपचार सुटिङ भइरहेकै नेपाल नेशनल अस्पतालमा गरिएको छ । कटुवालको आज घुँडाको अपरेशन गरिँदैछ ।

फिल्मको सुटिङ आज पनि नेपाल नेशनल अस्पतालमा राखिएको छ । राकेश रनपालको कथा, निर्देशक कटुवाल र आकाश उखेडाको पटकथा तथा संवाद रहेको फिल्ममा मोहन कुमार झिल्लुको छायाँकन, अनिलकुमार महर्जनको सम्पादन, राजु किराँतको द्वन्द्व, र सुरेश गैरेको सङ्गीत रहनेछ । फिल्मका निर्माता प्रह्लाद काफ्ले हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप