बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा २४ घण्टामा ५३ हजार बढी संक्रमित भेटिए, पाँच महिना यताकै बढी

बिहीबार, १२ चैत २०७७, ११ : ३०
बिहीबार, १२ चैत २०७७

भारतमा दैनिकजसो नयाँ भेटिएका कोरोना संक्रमितको आँकडा ५० हजार पार भइरहेको छ । बुधबार यहाँ ५३ हजार ४ सय १९ संक्रमित भेटिए । २६,५७५ बिरामी ठिक पनि भएका छन् भने २४९ को मृत्यु भएको छ । नयाँ संक्रमितको यो आँकडा २३ अक्टोबरपछि सबैभन्दा धेरै हो । त्यतिबेला ५३,९३१ बिरामी भेटिएका थिए । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ३१,८५५ बिरामी महाराष्ट्रमा भेटिए । यहाँ १५,०९८ बिरामी निको भए र ९५ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या २६,५८८ को बढोत्तरी दर्ता गरिएको छ । यसका साथै कूल सक्रिय संक्रमित ३.९१ लाख भएका छन् । आज (बिहिबार) यो चार लाख पार हुने  अनुमान गरिएको छ । देशमा हालसम्म १ करोड १७ लाख ८७ हजार १३ जना यो महामारीको चपेटमा आइसकेका छन् । यीमध्ये १ करोड १२ लाख २९ हजार ५९१ निको भइसकेका छन् जबकी १.६० लाख बिरामीले ज्यान गुमाएका छन् ।

ब्राजिलमा मृत्युको आँकडा ३ लाख पारः

संसारभरी कोरोना संक्रमितको आँकडा लगातार बढिरहेको छ । अमेरिकापछि सबैभन्दा बढी प्रभावित देश ब्राजिल हो । यहाँ महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख पार भएको छ । अघिल्लो दिन यहाँ २,२४४ जनाको मृत्यु भएको छ र हालसम्म संक्रमणका कारण कूल ३ लाख एक हजार ८७ मानिसहरुको ज्यान गइसकेको छ । ब्राजिलबाहेक अमेरिकामा महामारीका कारण सबैभन्दा धेरै मृत्यु भएको छ, यहाँ ५.५८ लाखले ज्यान गुमाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप