मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पशुजन्य उत्पादनको आयातमा बाहिरिन्छ अर्बौं रुपैयाँ

सरकार भन्छ– आत्मनिर्भर भयौं, विज्ञ भन्छन्– नाटक मात्रै हो !
बिहीबार, १२ चैत २०७७, ०९ : ५४
बिहीबार, १२ चैत २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (विहीबार) पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा गर्दैछन् । तर, प्रधानमन्त्रीको घोषणालाई सरकारकै आयात–निर्यातको तथ्यांक राख्ने भन्सार विभागको तथ्यांकले गिज्याएको देखिन्छ । विज्ञहरुले प्रधानमन्त्रीको घोषणालाई ‘ सस्तो लोकप्रियताका लागि हतारमा गरिएको नाटक’को संज्ञा दिएका छन् ।

कृषि तथा पशुपंक्षी मन्त्रालयलको आयोजनामा प्रधानमन्त्रीले गर्ने घोषणाको सत्यतामाथि नै भन्सार विभागको तथ्यांकले प्रश्न छोडेको छ– यो जस पाउने हतारो हो कि आत्मनिर्भर ?

चालु आर्थिक वर्षको फागुनसम्मको अवस्थालाई नै हेर्ने हो भने नेपालमा झण्डै साढे ३ अर्बको पशुजन्य उत्पादन आयात भएको छ । यसमा अण्डा, माछा, मासु, पाउडर दूध, क्रिम, बटर र अन्य पशुजन्य उत्पादन पर्छन् ।

कृषि मन्त्रालयका अनुसार विशेष गरी दुग्धजन्य पदार्थ, अण्डा लगायतका केही वस्तुमा आत्मनिर्भर घोषणा गरिँदैछ । तर, विभागको तथ्यांकमा साउन देखि फागुनसम्म बटर मात्र ४ करोड ९६ लाख रुपैयाँ बराबरको आयात भएको छ । यता पाउडर दूध, क्रिम २७ करोड ५७ लाख १४ हजार रुपैयाँको आयात भएको देखिन्छ ।  

 


 

यस्तै दुग्धजन्य ठोस पदार्थ  ८ करोड ६४ लाख ७ हजार बराबरको आयात भएको छ । मलेसिया कुवेत, नेदरल्याण्ड, अष्ट्रेलिया इण्डिया, आयरल्याण्ड, युएस, युके लगायतका मुलुकबाट यी पशुजन्य उत्पादन आयात भएको हो ।

जीवित जनावर २ करोड ५३ लाख १० हजारको आयात भएको छ । साइबेरियाको, रुस, रोमानियाबाट पनि पशुजन्य उत्पादन आयात उतिकै भएको देखिन्छ ।  जापानबाट मात्र ११ करोडको घ्यू आयात भएको छ ।

तर, कृषि विज्ञ कृष्ण पौडेल चल्ला, अण्डादेखि लिएर त्यही चल्ला हुर्काउने  प्लाष्टिकको भाँडोसमेत विदेशबाट आयात गर्ने अनि कसरी हुन्छ आत्मनिर्भर भन्ने प्रश्न गर्छन् ।

सामान्यतया स्रोत, साधन र श्रमले जे उत्पादन हुन्छ, सो उत्पादनले नेपालीलाई पुग्ने अवस्था आयो भने त्यसलाई आत्मनिर्भर भनिने गरिन्छ ।  तर, यहाँ आत्मनिर्भर भयो भनिएका वस्तुका लागि चाहिने कच्चा पदार्थ सबै आयात हुने गरेको छ ।

मुलुक कुखुराको मासुमा आत्मनिर्भर केही वर्षअघि नै भएको भनिँदै आएको छ । नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलले अहिले मुलुकमा ८ लाख किलो मासुको माग भए पनि साढे ६ लाखसम्म मात्र आपूर्ति हुने गरेको बताउँछन् ।

लकडाउनका कारण प्यारेन्ट (माउ) नआउँदा कुखुरा उत्पादनमा कमी आएपछि माग अनुसारको आपूर्ति गर्न नसकेको उनले बताए । यद्यपि, अण्डामा भने अभाव नभएको पोखरेलको भनाइ छ ।

दूधमा आत्मनिर्भर हुनका लागि विश्व खाद्य तथा कृषि संगठनको सिफारिसअनुसार दैनिक २५२ मिलि प्रतिव्यक्ति वा वार्षिक ९१ लिटर प्रतिव्यक्ति आवश्यक पर्नेमा हाल नेपालमा सो अनुसार उपलब्ध नभएको र वार्षिकरूपमा प्रतिव्यक्ति प्रति वर्ष १३ लिटर दूध अझै अपुग रहेको संघका केन्द्रीय अध्यक्ष राजकुमार दाहालको भनाइ छ ।

तर, कृषि विज्ञ कृष्ण पौडेल चल्ला, अण्डादेखि लिएर त्यही चल्ला हुर्काउने  प्लाष्टिकको भाँडोसमेत विदेशबाट आयात गर्ने अनि कसरी हुन्छ आत्मनिर्भर भन्ने प्रश्न गर्छन् ।

यता केही दिनअघि भएको देशभरीको दुग्ध प्रशोधन उद्योगको छाता संस्था डेरी उद्योग संघको वार्षिक साधारणसभामा नेपाल दूधमा आत्मनिर्भर नजिक रहेको जानकारी गराइएको  थियो ।

दूधमा आत्मनिर्भर हुनका लागि विश्व खाद्य तथा कृषि संगठनको सिफारिसअनुसार दैनिक २५२ मिलि प्रतिव्यक्ति वा वार्षिक ९१ लिटर प्रतिव्यक्ति आवश्यक पर्नेमा हाल नेपालमा सो अनुसार उपलब्ध नभएको र वार्षिकरूपमा प्रतिव्यक्ति प्रति वर्ष १३ लिटर दूध अझै अपुग रहेको संघका केन्द्रीय अध्यक्ष राजकुमार दाहालको भनाइ छ ।

नेपालमा हाल दूधको उत्पादन २२ लाख ६८ मेट्रिक टन रहेको भनिएको छ । जसमा गाईको दूधको हिस्सा लगभग ३० देखि ३५ प्रतिशत र भैंसीको ६५ प्रतिशत रहेको जनाइएको छ ।

लोकप्रियताका लागि गरिएको नाटक : विज्ञ

प्रधानमन्त्री ओलीले गर्ने पशुजन्य उत्पादनमा आत्मनिर्भरको घोषणालाई विज्ञले नाटकको संज्ञा दिएका छन् । राजनीतिकरुपमा जस लिन वास्तविक तथ्याङ्ककै नबुझी आत्मनिर्भर घोषणाको हतारोमा सरकार देखिएको आरोप विज्ञहरुको छ ।

कृषि विज्ञ कृष्ण पौडेल देश पशुजन्य उत्पादनमा आत्मनिर्भर भएको गलत घोषणा प्रधानमन्त्रीले गर्न लागेको बताउँछन् । कुन चाहिँ पशुजन्य उत्पादनमा आत्मनिर्भर छ देश ? प्रधानमन्त्रीलाई मेरो यो प्रश्न सोधिदिनु’, उनले भने ।

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी सरकारको यो घोषणा राजनीतिक स्टन्टका लागि भएको बताउँछन् । उनी भन्छन, ‘मासु उत्पादन गर्न प्रयोग हुने दानाको आयातलाई कहाँ राखेर आत्मनिर्भरको कुरा गर्दैछ सरकार ?’

पौडेल भन्छन्, ‘ब्रोइलर कुखुरामा आत्मनिर्भर भयौँ भनिएको छ । तर,  हाम्रो जमिनमा बनेको कटेरो र श्रमिकबाहेक कुन चाहिँ कुरा हाम्रो हो ? आत्मनिर्भर भनेको श्रम बेच्ने हो भने मुलुक आत्मनिर्भर छ । तुलनात्मक हिसाबले समग्र कृषिका २ सय उपजमध्ये कुखुरा, बाख्रा, माछा, डेरीजन्य उत्पादन राम्रो भए पनि आत्मनिर्भर भएको छैन ।’

चल्ला, अण्डादेखि लिएर त्यही चल्ला हुर्काउने  प्लाष्टिकको भाँडोसमेत विदेशबाट आयात गर्ने गरेको बताउँदै उनले सरकारले जस लिनका लागि आत्मनिर्भर घोषणाको हतारो गरेको दोहो¥याए ।

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी सरकारको यो घोषणा राजनीतिक स्टन्टका लागि भएको बताउँछन् । उनी भन्छन, ‘मासु उत्पादन गर्न प्रयोग हुने दानाको आयातलाई कहाँ राखेर आत्मनिर्भरको कुरा गर्दैछ सरकार ?’

अहिले पनि नेपालमा भारतीय मासु, अण्डा र दूधको दबदबा छ, त्यसलाई नदेखेको जसरी सरकारले लोकप्रियताका लागि घोषणा गर्न लागेको अधिकारीको आरोप छ ।

साढे ९ खर्बको आयात

देश यतिसम्म परनिर्भर बनिसकेको छ कि सियोदेखि सुनसम्मका मालवस्तुहरु सबै आयात हुन्छन् । देशकै बार्षिक बजेट हाराहारीमै व्यापार घाटा व्यहोर्दै आएको मुलुकमा चालु आर्थिक वर्षको फागुनसम्म ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँको वस्तु आयात भएको छ ।

देश अहिले ८ खर्ब ६३ अर्ब २० करोड रुपैयाँ व्यापार घाटामा छ । देशमा १५२ भन्दा बढी मुलुकबाट माल वस्तु आयात हुँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप