भन्सार छलेर भारतबाट काठमाडौं ल्याएको गुट्खा बरामद
काठमाडौं । प्रहरीले काठमाडौंको कोटेश्वर र गौरीघाटस्थित गुट्खा गोदाममा छापा मारेको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले गोदाममा छापा मारेर भन्सार छलीको गुट्खा बरामद गरेको छ ।
करिब ८ लाख मूल्य बराबरको सुर्तिजन्य पान–पराग, राजनिवास, तुलसी, रजनिगन्धा र गुट्खा नियन्त्रणमा लिइएको महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।
भन्सार छलेर सो सामग्री काठमाडौं ल्याउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी घर भएका मदन शाह रौनियार र श्रवण कुमार सिंह छन् ।
कोटेश्वरमा रहेको रौनियारको गोदाम र गौरीघाटस्थित सिंहको गोदामबाट दाँत सफा गर्न प्रयोग गरिने गुल, भारतीय कम्पनीको चुरोट र रेडबुल पनि प्रहरीले बरामद गरेको छ ।
वीरगञ्ज लगायतका नाका छलेर सो सामान काठमाडौं ल्याएको उनीहरुले प्रहरीलाई बताएका छन् । सामानसहित उनीहरुलाई कारवाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइने एसएसपी खापुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या