उत्तर कोरियाद्वारा जापानको समुद्रमा दुई क्षेप्यास्त्र प्रहार
उत्तर कोरियाले जापानको समुद्रमा दुईवटा बालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापान र अमेरिकी अधिकारीहरुले बताएका छन् । जो बाइडेन अमेरिकी राष्ट्रपति बनेपछि उत्तर कोरियाले बालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको यो पहिलो अवसर हो ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पारित संकल्प प्रस्तावमा उत्तर कोरियाले कुनै पनि बालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न पाउँदैन । तर, उत्तर कोरियाले भने त्यसलाई बेवास्ता गर्दै आफ्नो क्षेप्यास्त्र कार्यक्रमलाई अघि बढाइरहेको छ ।
जापानले क्षेप्यास्त्रको अवशेष आफ्नो नियन्त्रणमा रहेको समुद्री क्षेत्रमा भने नपरेको बताएको छ । केही दिनअघि मात्र उत्तर कोरियाले दुई नन बालिस्टिक क्रुज मिसाइललाई येलो सीमा प्रक्षेपण गरेको थियो ।
क्रुज मिसाइलको परीक्षणलाई प्रतिबन्ध नगरिएपनि बालिस्टिक मिसाइललाई भने खतरनाक हतियार मानिन्छ । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले पछिल्लो परीक्षणले सो क्षेत्रको शान्ति र सुरक्षामा चुनौति थपिएको बताए ।
बाइडेन प्रशासनले उत्तर कोरियासँग संवाद गर्ने प्रयास गरिरहँदा क्षेप्यास्त्र परीक्षण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा