अपहरण गरी हत्या गरेको आरोपमा दुई पक्राउ

आफ्नै काकाको छोराको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । सिरहाको मिर्चैया नगरपालिका–७ निवासी शिवकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा शिवकुमारका काकाको छोरा विष्णु यादव र उनका सालो इन्द्रदेव यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
शिवकुमारको गत चैत ८ गते राति हत्या भएको थियो । हत्या भएको अवस्थामा शिवकुमारको शव मिर्चैया नगरपालिका–१ स्थित आँपको बगैँचामा फेला परेको थियो ।
शिवकुमारको हत्या उनकै काकाका छोरा विष्णु यादव इन्द्रदेव यादवले मिलेर गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
“विष्णुले आफ्ना सालो इन्द्रदेव यादवसँग मिलेर शिवकुमारको अपहरण गरी हत्या गरेको खुलेको छ”, प्रदेश नं २ का प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले भने, “हत्यामा संलग्न दुवैलाई आज पक्राउ गरिएको छ ।”
विष्णुले सालो इन्द्रदेवसँग मिलेर शिवकुमारको अपहरण गरी उहाँको परिवारसँग रु ५० लाख फिरौती मागेको र फिरौतीबापतको रकम नदिएपछि गत चैत ८ गते राति हत्या गरी शव कङ्क्रिटले छोपेको अनुसन्धानबाट खुलेको प्रहरी नायब महानिरीक्षक सिंहको भनाइ छ ।
प्रारम्भिक अनुसन्धानबाट विष्णुले आफ्नै काकाको छोरा शिवकुमारको फिरौती र अवैध सम्बन्धका कारण हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
विष्णु यसअघि दुई वर्ष जेल बसेका थिए । त्यस क्रममा विष्णुकी पत्नीसँग शिवकुमारको अवैध सम्बन्ध भएको रिसिइबी र शिवकुमारका दाजु दुई साताअघि मात्रै वैदेशिक रोजगारबाट फर्किएकाले माग जति फिरौती पाउने लोभमा अपहरण गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायब महानिरीक्षक सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यक्रम दोहोरिएकोबारे प्रधानमन्त्री ओलीको यस्तो जवाफ
-
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ
-
सगरमाथा संवादको व्यापक प्रचार प्रसार गर्न शिक्षा मन्त्रालयको निर्देशन
-
सेरिस भन्छिन्- के तिमी पुरुष हौ ? यही एउटा प्रश्नले मेरो खेलजीवन र सबै सपना भताभुङ्ग पारिदियो
-
विप्लवको पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ राख्नेबारे छलफल
-
युद्धविरामपछि कस्तो छ जम्मू र नियन्त्र रेखा नजिकको अवस्था ?