दासढुङ्गामा ट्रक र कार ठोक्किदा दुईको मृत्यु, तीन गम्भीर घाइते
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत दासढुङ्गामा आज अपराह्न कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका छन् ।
दिउँसो ४ः२५ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित दासढुङ्गामा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख ७३७१ नम्बरको आइचर ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा२१च ६८५९ नम्बरको कार एकापसमा ठोक्किएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा कारमा सवार तनहुँ स्याम्घा नगरपालिका–४ का २८ वर्षीय धर्मराज गौली र कास्की लेखनाथ नगरपालिकाका ३१ वर्षीय रामकृष्ण भुजेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । दुबैको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी कार चालक लमजुङ मध्यनेपाल नगरपालिका–७ का ४२ वर्षीय पदम सापकोटा, स्याङ्जा बिरुवा गाउँपालिका–३ का ४२ वर्षीय प्रसाद थापा र तनहुँ ब्यास नगरपालिका–६ का ४० वर्षीय जसमान परियार गम्भीर घाइते हुनुभएको छ । उहाँहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?