शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा कम्युनिष्ट पार्टी निभ्ने बेलाको दियो :  प्रमुख सचेतक खाण

बुधबार, ११ चैत २०७७, २० : २६
बुधबार, ११ चैत २०७७

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट सरकार हैन राज्य स्थापना गर्न चाहेको आरोप लगाएका छन् । रुपन्देहीमा नेपाली काँग्रेस केन्द्रीय महिला विभागको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै खाणले ओली सरकारको तीन वर्षे चरित्र हेर्दा कम्युनिष्ट राज्य स्थापना गर्न चाहने खालको भएको बताए ।

नेपालमा कम्युनिष्ट पार्टी निभ्न​ बेलाको दियो जस्तै भएको बताए । खाणले भने, 'जति सुकै उज्यालो र शक्तिशाली देखिए पनि कम्युनिष्ट निभ्ने बेलाको दियो हो ।' प्रमुख सचेतक खाणले सरकारले जारी गरेका अध्यादेशलाई विधेयककै रूपमा संसदमा अगाडि बढाउनुपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य डिना उपाध्यायले विश्वका महिला र नेपालका महिलाको लेखा जोखा गर्नुपर्ने बेला आएको बताइन्। नेपाली काँग्रेस पार्टीले महिला अधिकारको कुरालाई साथ दिएको बताइन् । पार्टीमा अब एक तिहाई महिलाको सहभागी हुने भन्दै जिम्मेवारी थपिएको बताइन् ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य किशोर सिंह राठौर, देवेन्द्रराज कंडेल, लेखा समिति संयोजक भरत शाह र लुम्बिनी प्रदेश संसद निर्मला केसी सम्बोधन गरेका थिए ।

यस्तै पुष्पा थरुनी, रिना नेपाल, माला गोतामे, रुन्दावति शर्मा, गण्डकी प्रदेश प्रमुख सचेतक ओम कला गौतम, संसद ललित कला गुरुङ, रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाक, दाङ जिल्ला सभापति कीर्तिबहादुर खड्का, नवलपरासी जिल्ला सभापति बिष्णु लामिछाने, पालिनन्द गाउपालिका उप मेयर पवित्रा पौडेलले लगायतले आफ्नो धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप