बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

बुधबार, ११ चैत २०७७, २० : १९
बुधबार, ११ चैत २०७७

हेटौंडा । विद्यालयमा अध्ययनरत छात्रामाथि अभद्र व्यवहार गरेको अभियोगमा मकवानपुरगढी गाउँपालिका–३ स्थित भानु माध्यमिक विद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शिक्षक किरण पाण्डेलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीका आधारमा पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बुधबार विद्यालयका तीनजना छात्राले आफुलाई अभद्र व्यवहार गरेको भनी शिक्षक पाण्डेविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले बताए । उनका अनुसार उजुरी दर्ता भएलगत्तै पाण्डेलाई पक्राउ गरिएको हो ।

पाण्डेले फागुन २९ गते शैक्षिक भ्रमणका क्रममा आफूहरुमाथि अभद्र व्यवहार गरेको पीडित पक्षले जनाएको छ । पाण्डेलाई पक्राउ गरी अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको प्रवक्ता रिमालले बताए ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप