शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अनिवार्य मास्क लगाउन सर्वसाधारणलाई आग्रह

बुधबार, ११ चैत २०७७, १९ : ५९
बुधबार, ११ चैत २०७७

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण बढेको भन्दै अनिवार्य रुपमा मास्क लगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । बुधबार प्रशासकीय अधिकृत रमा घिमिरेले एक विज्ञप्ति जारी गर्दै घर बाहिर तथा सार्वजनिक स्थान र सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क र स्यानिटाइजर प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेकी छन् ।

विज्ञप्तिमा छिमेकी मुलुक भारतमा समेत संक्रमण बढ्दै गएको र त्यसको प्रभाव काठमाडौंमा समेत बढ्दै गएकोले सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्डलाई पालना गर्न अनुरोध गरिएको छ । साथै सार्वजनिक स्थानमा भिडभाड नगर्न र होली पर्वमा आफ्नै घरभित्रै सिमित रहेर खेल्न समेत आग्रह गरिएको छ ।

विज्ञप्तिमा सार्वजनिक स्थानमा आवत जावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन २०२०  बमोजिम कारवाही हुने व्यहोरा समेत सूचित गरिएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप