बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टोकियोमा फेरि बढे सङ्क्रमित, बुधबार यो महिनाकै सबैभन्दा धेरै

बुधबार, ११ चैत २०७७, १९ : ३९
बुधबार, ११ चैत २०७७

एजेन्सी । जापानको राजधानी टोकियोमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ ।  सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार टोकियोमा बुधबार थप ४२० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

योसँगै राजधानी टोकियोमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक लाख १८ हजार ४६१ पुगेको छ ।  टोकियोमा बुधबार दोस्रो पटक दैनिक सङ्क्रमितको सङ्ख्या ४०० नाघेको हो । यसअघि अघिल्लो एकैदिनमा ४०९ जना सङ्क्रमित भएका थिए ।

सरकारी अधिकारीहरुका अनुसार राजधानी टोकियोमा गत मङ्गलबार ३३७ जना र सोमबार १८७ जना नयाँ सङ्क्रमित थपिएका थिए । टोकियो क्षेत्रमा यसअघि लामो समयदेखि लागू गरिएको धेरै प्रतिबन्धात्मक व्यवस्थाहरु हटाइएपछि सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको हो । 

कतिपय स्थानीय अधिकारीहरुले भने सार्वजनिक र ठूला कतिपय कार्यक्रमहरुका कारण सङ्क्रमण थप फैलिएको दाबी गरेका छन् ।  पछिल्लो सात दिनमा औसतमा ३०९।७ जना नयाँ सङ्क्रमित थपिएको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।   

कोरोनाभाइरसबाट प्रभावित मुलुकहरुको सूचीमा जापान ३९औँ क्रममा पर्दछ । जापानमा अहिलेसम्म चार लाख ५७ हजार ७५४ जना सङ्क्रमित भएका छन् ।  त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर आठ हजार ८६१ जनाको मृत्यु भएको जापानका अधिकारीहरुले जनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप