शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजेन्द्र महतोले जेलमै पुगेर रेशम चौधरीलाई सोधे- सरकारमा नजाऔं भनेको हो ?

रेशमलाल चौधरीले जेलबाटै लेखे यस्तो गीत
बुधबार, ११ चैत २०७७, १८ : ३८
बुधबार, ११ चैत २०७७

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले कारागारमा रहेका आफ्नै पार्टीका निलम्बित सांसद रेशमलाल चौधरीलाई डिल्लीबजार कारागारमा पुगेर भेट गरेका छन् । नेकपा एमालेसँग सत्ता सहकार्यको हल्ला चलिरहेका बेला टीकापुर हत्याकाण्डका प्रमुख योजनाकारका आरोपमा जन्मकैदको सजाय पाएका निलम्बित सांसद चौधरीलाई भेट्न महतो बुधबार डिल्लीबजार कारागार पुगेका हुन् ।

एमालेसँग सत्ता साझेदारीका लागि रेशम चौधरीको मुद्दा फिर्तालाई जसपाले प्रमुख एजेण्डा बनाइरहेका बेला बुधबार रेशम चौधरीकै भनाइ भन्दै ओलीसँग सहकार्य गर्न नहुने, बरु जेलमै कुहिने समाचार बाहिर आएको थियो ।

त्यसलगत्तै डिल्लीबजार कारागार पुगेका नेता महतोले एमालेसँग सत्ता साझेदारीमा जान नहुनेबारे बोलेको हो ? भन्दै चौधरीलाई सोधेका थिए ।

जवाफमा निलम्बित सांसद चौधरीले आफूले कोहीसँग पनि त्यस्तो नभनेको प्रतिक्रिया दिएका थिए । चौधरीले आफूले सत्ता सहकार्य लगायतका राजनीतिक विषयमा कोहीसँग केही कुरा नगरेको भन्दै बाहिर आएको कुरा भ्रामक र कपोलकल्पित भएको जवाफ महतोलाई दिएका थिए ।

जसपाभित्र ओली नेतृत्वको सरकारमा जानुपर्छ र जान हुँदैन भन्ने दुई धार देखिँदै आएको छ । यहीबेला चौधरीले जेलभित्रैबाट ओलीसँग सहकार्य गर्नु हुँदैन भनेको प्रतिक्रिया बाहिर आएको थियो ।

सत्ता साझेदारीका सम्बन्धमा बाहिर के भइरहेको छ, त्यो कुरा आफूलाई थाहा नभएको र प्रधानमन्त्री तथा उनको दलसँग सहकार्य गर्ने वा नगर्नेबारे पार्टीले नै निर्णय गरोस् भन्ने आफूले चाहेको चौधरीले महतोलाई बताएका थिए ।

आफूले बोलेको भन्दै बाहिर आएको समाचारमा सत्यता नभएको र त्यसले आफ्नो चित्त दुखाएको भन्दै पार्टीको निर्णय आफूले मान्ने र पार्टी एक ढिक्का भएर अगाडि बढेको हेर्न चाहेको उनले बताएका थिए ।

जेलभित्र गीत लेख्दै चौधरी

डिल्लीबजार कारागारभित्र बस्दा चौधरीले गीत लेखेका छन् । उनले गीतमा सबै नेपालीहरु एकजुट हुनुपर्ने बताएका छन् ।

हेर्नुहोस् चौधरीले कारागारबाट लेखेको गीत-

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप