राजेन्द्र महतोले जेलमै पुगेर रेशम चौधरीलाई सोधे- सरकारमा नजाऔं भनेको हो ?
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले कारागारमा रहेका आफ्नै पार्टीका निलम्बित सांसद रेशमलाल चौधरीलाई डिल्लीबजार कारागारमा पुगेर भेट गरेका छन् । नेकपा एमालेसँग सत्ता सहकार्यको हल्ला चलिरहेका बेला टीकापुर हत्याकाण्डका प्रमुख योजनाकारका आरोपमा जन्मकैदको सजाय पाएका निलम्बित सांसद चौधरीलाई भेट्न महतो बुधबार डिल्लीबजार कारागार पुगेका हुन् ।
एमालेसँग सत्ता साझेदारीका लागि रेशम चौधरीको मुद्दा फिर्तालाई जसपाले प्रमुख एजेण्डा बनाइरहेका बेला बुधबार रेशम चौधरीकै भनाइ भन्दै ओलीसँग सहकार्य गर्न नहुने, बरु जेलमै कुहिने समाचार बाहिर आएको थियो ।
त्यसलगत्तै डिल्लीबजार कारागार पुगेका नेता महतोले एमालेसँग सत्ता साझेदारीमा जान नहुनेबारे बोलेको हो ? भन्दै चौधरीलाई सोधेका थिए ।
जवाफमा निलम्बित सांसद चौधरीले आफूले कोहीसँग पनि त्यस्तो नभनेको प्रतिक्रिया दिएका थिए । चौधरीले आफूले सत्ता सहकार्य लगायतका राजनीतिक विषयमा कोहीसँग केही कुरा नगरेको भन्दै बाहिर आएको कुरा भ्रामक र कपोलकल्पित भएको जवाफ महतोलाई दिएका थिए ।
जसपाभित्र ओली नेतृत्वको सरकारमा जानुपर्छ र जान हुँदैन भन्ने दुई धार देखिँदै आएको छ । यहीबेला चौधरीले जेलभित्रैबाट ओलीसँग सहकार्य गर्नु हुँदैन भनेको प्रतिक्रिया बाहिर आएको थियो ।
सत्ता साझेदारीका सम्बन्धमा बाहिर के भइरहेको छ, त्यो कुरा आफूलाई थाहा नभएको र प्रधानमन्त्री तथा उनको दलसँग सहकार्य गर्ने वा नगर्नेबारे पार्टीले नै निर्णय गरोस् भन्ने आफूले चाहेको चौधरीले महतोलाई बताएका थिए ।
आफूले बोलेको भन्दै बाहिर आएको समाचारमा सत्यता नभएको र त्यसले आफ्नो चित्त दुखाएको भन्दै पार्टीको निर्णय आफूले मान्ने र पार्टी एक ढिक्का भएर अगाडि बढेको हेर्न चाहेको उनले बताएका थिए ।
जेलभित्र गीत लेख्दै चौधरी
डिल्लीबजार कारागारभित्र बस्दा चौधरीले गीत लेखेका छन् । उनले गीतमा सबै नेपालीहरु एकजुट हुनुपर्ने बताएका छन् ।
हेर्नुहोस् चौधरीले कारागारबाट लेखेको गीत-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण