बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

हेटौंडामा अन्तर शहर चेस प्रतियोगिता सुरु

बुधबार, ११ चैत २०७७, १६ : ४८
बुधबार, ११ चैत २०७७

मकवानपुर । मकवानपुर जिल्ला बुद्धिचाल संघ र चेस संघ हेटौंडाको संयुक्त आयोजनामा हेटौंडा उपमहानगरपालिका राष्ट्रव्यापी अन्तर शहर चेस प्रतियोगिता हेटौंडामा बुधबारबाट सुरु भएको छ ।

बागमती प्रदेश बुद्धिचाल संघको समन्वयमा देशका १८ वटा टिमको सहभागीता रहेको प्रतियोगिताको बुधबार एक कार्यकमका बीच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

प्रतियोगितकाको उद्घाटन गर्दै खेलकुद क्षेत्रको गरिमालाई उच्च राख्न प्रदेश सरकारले आवश्यक काम गरिरहेको बताए । खेलकुद र खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा विभिन्न काम गरेको र आउँदा दिनमासमेत उक्त कार्यलाई निरनतर अगाडी बढाई राख्ने उनले बताए ।

बुद्धिचाल जस्तो खेललाई अनुशासित र मर्यादित बनाउन खेलाडीहरुको महत्वपूर्ण भुमिका रहेने भएकाले संयमितता अपनाएर खेल खेलन उनले आग्रह गरे ।

लिग चरणमा खेलाइने उक्त चेस प्रतियोगितामा ललितपुरको ३, दोलखा, झापा, इलाम, काठमाडौं, भक्तपुर, कैलाली, स्याङजा, कास्की, नुवाकोट, चितवन, बाँके, पर्सा र मकवानपुरका टिमहरुको सहभागीता रहेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागीताका लागि प्रत्येक टिममा ४ जना नियमित खेलाडी तथा १ जना वैकल्पिक खेलाडी र एक जना व्यवस्थापक गरी ६ जनाको सहभागि रहनेछ । जसमध्ये १६ वर्ष मुनिका एक र एक जना महिला खेलाडी अनिवार्य गरिएको छ ।

चैत १४ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले दुई लाख ५० हजार, उपविजेताले एक लाख ५० हजार, तेस्रो स्थान हुनेले ५० हजार तथा चौथो र पाचौँ स्थान हासिल गर्नेले क्रमशः ३० हजार, २० हजार प्राप्त गर्नेछन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप