पृथ्वीबारे नयाँ रहस्य : हिउँको खाल्डोमा भेटियो अहिलेकोभन्दा फरक पृथ्वीको अवस्था
करोडौँ वर्षदेखि हिउँले पुरिएको ग्रिनल्यान्डमा एउटा विशेष प्रयोजनले लगभग १५, १६ सय मिटर गहिरो खाल्डो खनिएको थियो । त्यो खाल्डो खन्ने क्रममा दिमाग रन्थन्याउने सामग्री प्राप्त भएका छन् । खाल्डोको गहिरो स्थानबाट वैज्ञानिकलाई जीवाश्मका रुपमा परिणत भएको रुख बिरुवाका हाँगा, पात प्राप्त भएका छन् ।
झण्डै ५५ वर्षअघि परमाणु बम लुकाउने उद्देश्यले ग्रिन ल्यान्डको हिउँमा यो खाल्डो खनिएको थियो । खाल्डोबाट प्राप्त जीवाश्मको अध्ययनबाट वैज्ञानिकहरुलाई करोडौँ वर्ष पहिले यो स्थान हिउँले ढाकिएको नभएर सुक्खा थियो भन्ने अनुमान लाउने सहज भएको छ ।
युनिभर्सिटी अफ वेरमोन्टका वैज्ञानिकले यस खोज अनुसन्धानलाई विस्मयकारीको संज्ञा दिएका छन् । ग्रिनल्यान्ड करोडौँ वर्षदेखि हिउँमा ढाकिएको भए पनि यहाँ प्राप्त भएका जीवाश्म हेर्दा यी हिजो अस्ति मात्रै हिउँमा दबिएर मरेका जस्ता देखिन्छन् ।
आइसकोरको यो खाल्डो खन्ने काम अमेरिकी सेनाले सन् १९६६ मा गोप्य रुपले गर्न लाएको थियो । यो प्रोजेक्टलाई त्यसबेला प्रोजेक्ट आइसवर्म नाम दिइएको थियो । यो खाडल खन्नुको उद्देश्य भने सोभियत सङ्घबाट जोगाएर यहाँ सयौँ परमाणु बम लुकाएर राख्नु थियो ।
यी जीवाश्म फेलापरेपछि के स्पष्ट हुन आयो भने पृथ्वीको यो उत्तरी भूभागमा कुनै समय जङ्गल नै जङ्गल रहेको थियो । साथै यस खोजबाट वैज्ञानिकहरुलाई 'आइस सिट' बन्ने प्रक्रिया उनीहरुले सोचेको जलवायु परिवर्तनसम्बन्धी धारणाभन्दा अझै व्यापक गहिरो र संवेदनशील छ भन्ने थाहा हुन आयो । यस अनुसन्धानपछि शोधकर्ताले ग्रिनल्यान्डको हिउँ पग्लियो भने संसारका धेरै सामुद्रिक तटमा रहेका सहर डुब्नेछन् भनेर चेतावनीसमेत दिएका छन् ।
ग्रिनल्यान्डको हिउँ पग्लिए भने अहिले भएको समुद्रको स्तर बीस फिटभन्दा धेरै बढ्नेछ । यसबाट न्युयोर्क, मायामी, ढाका जस्ता ठूला सहरहरु डुब्नेछन् । यस खोजबाट वैज्ञानिकहरु यो हिउँ कहिलेसम्म पग्लन सक्छ भनेर पत्ता लगाउन सक्ने अवस्थामा पनि पुगेका छन् ।
स्रोत : https://www.cnet.com/
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फूलचोकीको जंगलमा हराएका १३ जना सम्पर्कमा
-
१० बजे १० समाचार : डीपी बने रास्वपाको कार्यवाहक सभापति, रविको सांसद पद निलम्बित
-
विराटनगर- १२ का वडाअध्यक्ष कामत पक्राउ
-
प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन
-
राम माधवलाई मात्र भेटेर दिल्लीबाट फर्किइन् परराष्ट्रमन्त्री आरजु
-
केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने सरकारको निर्णयमा विप्लवले जनाए आपत्ति