एमालेको चुनावीसभा विथोल्ने राजपाको प्रयास असफल

उम्मेदवार छनोटमा पनि एमाले अगाडि

person explore access_timeजेठ २७, २०७४ chat_bubble_outline0

सिरहा – नेकपा एमालेले शुक्रबार सिरहाको गोलबजारमा आयोजना गरेको चुनावी सभाको विथोल्ने राष्ट्रिय जनता पार्टीको प्रयास असफल भएको छ । दोस्रो चरणमा हुन लागेको स्थानीय तहको चुनावका लागि चुनावी सभा आयोजना गरेको एमालेको कार्यक्रम विथोल्न राजपा कार्यकर्ताहरुले ठाउँ ठाउँमा राजमार्गमा टायर बाल्नुका साथै प्रदर्शन गरेका थिए ।

एमाले मधेस विरोधी पार्टी भएको भन्दै राजपा कार्यकर्ताले एमालेविरुद्ध नाराबाजीसमेत गरेका थिए । मधेसमा चुनाव लड्ने एमालेको नैतिक अधिकार नरहेको भन्दै अवरोध गर्न खोजे पनि उनीहरुको प्रयास भने असफल भएको छ । विरोधकाबीच एमालेले चुनावी सभा सम्पन्न गरेको छ । सडकमा वालिएको टायर प्रहरीले निभाएर राजपा कार्यकर्तालाई सडकबाट हटाएपछि स्थिति सामान्य बनेको थियो ।

यस्तै, एमालले सडक बत्तिको पोलमा झुड्याएको झण्डा स्थानीयले हटाइदिएका छन् । निर्वाचन आचारसंहिताविपरित हुने भन्दै सार्वजनिक स्थलको झण्डा प्रहरीकै उपस्थितिमा हटाइएका हो ।

झण्डा हटाएकोप्रति एमालेको आक्रोश

निर्वाचन आचारसंहिताविपरित सार्वजनिक स्थानमा राखिएको झण्डा हटाइएकोमा एमालेले आक्रोश ब्यक्त गरेको छ । शुक्रबार गोलबजारमा भएको चुनावी सभालाई सम्वोधन गर्दै एमालेका केन्द्रीय सदस्य लिलानाथ श्रेष्ठले आफ्नो पार्टीको झण्डा हटाएकोप्रति आक्रोस व्यक्त गरे ।

उनले आफूहरु मधेस विरोधी नभई मधेसकै पक्षमा रहेका पनि स्पष्ट गर्न खोजेका थिए । आफ्नो पार्टीले सवै समुदायलाई समान दृष्टिले हेरिरहेको उनको भनाइ थियो । कार्यक्रममा एमालेका प्रस्तावित केन्द्रीय सदस्य तथा सांसद रामचन्द्र यादव लागायले सम्वोधन गरेका थिए ।

अधिकांश ठाउँमा उम्मेदवार घोषणा

नेकपा एमालले सिरहाका सबैजसो नगर तथा गाउँपालिकामा उम्मेदवार घोषणा पनि गरिसकेका छ । एमालेले गोलबजार नगरपालिकाको मेयरमा श्याम श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने१३ वडामध्ये ८ वटा वडाका वडा अध्यक्षको उम्मेदारसमेत छनोट गरिसकेको छ ।

गोलबजारमा नेपाली कांग्रेसले भने राजदेव साह (लाल बाबु) लाई मेयरका उम्मेदवारका रुपमा अघि सारेको छ । नेकपा माओवादी केन्द, संघीय समाजवादी फोरम लगायतका दलहरुले भने उम्मेदवार छनोट गरिसकेका छैनन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।