शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नरेन्द्र मोदीले इमरान खानलाई लेखे पत्र, के भने ?

बुधबार, ११ चैत २०७७, १६ : १३
बुधबार, ११ चैत २०७७

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र लेखेका छन् । मोदीले पाकिस्तान दिवसको शुभकामना दिँदै एक छिमेकी देशको रुपमा भारतले पाकिस्तानका जनतासँग एक सौहार्दपूर्ण सम्बन्ध चाहेको बताएका छन् ।

यस्तो सम्भव बनाउनका लागि आतंकवाद र शत्रुताले मुक्त र विश्वास तथा भरोसायुक्त माहौलको आवश्यकता भएको मोदीले पत्रमा लेखेका छन् ।

मोदीले इमरान खानको नाममा लेखेको आफ्नो पत्रमा पाकिस्तान दिवसको मौकामा आफू पाकिस्तानका जनतालाई शुभकामना दिन चाहेको बताएका छन् ।

उनले लेखेका छन्, ‘म यो मुश्किल समयमा तपाईं र पाकिस्तानका जनतालाई कोभिड–१९ को चुनौतीसँग जुध्नका लागि शुभकामना दिन चाहन्छु ।’

केही दिन अघि इमरान खान कोरोनाभाइरसद्वारा संक्रमित हुँदा मोदीले उनका लागि शुभकामना पठाएका थिए ।

यस्तै भारतका राष्ट्रपति रामनाथ कोबिन्दले पनि पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीको नाममा पत्र लेखेर पाकिस्तान दिवसको शुभकामना व्यक्त गरेका छन् ।

नरेन्द्र मोदीले इमरान खानलाई यो पत्र यस्तो समयमा लेखेका छन् जब दुई देशबीच लाइन अफ कन्ट्रोल (नियन्त्रण रेखा) मा नयाँ ढङ्गले संघर्षविराम लागू गरिएको छ ।

अघिल्लो महिना दुई देशका मिलिट्री अपरेशनका डायरेक्टर जनरल (डीजीएमओ) ले एक साझा बयान जारी गर्दै अचानक नियन्त्रण रेखामा संघर्षविरामको घोषणा गरेका थिए ।

त्यतिबेलादेखि सीमा शान्त छ र दुबैतर्फबाट संघर्षविरामको पूर्ण पालना गरिँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप