बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

म्यानमारमा ६ सयभन्दा बढी प्रदर्शनकारी रिहा

बुधबार, ११ चैत २०७७, १५ : ०६
बुधबार, ११ चैत २०७७

एजेन्सी । म्यानमारमा ‘कू’ विरोधी प्रदर्शनमा लागेका ६ सय भन्दा बढी मानिसलाई बुधवार रिहा गरेको जेलका एक वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् । ‘हामीले आज इन्सेन जेलबाट ३६० जना  पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौ’  कारागारका एक वरिष्ठ अधिकारीले नाम नबताउने सर्तमा एएफपीलाई बताएका हुन् । 

म्यानमारमा सैनिक ‘कू’ शुरु भएयता भएका विरोध प्रदर्शनका क्रममा हालसम्म २७५ जनाको मृत्यु भएको छ । यद्यपी जुन्ता सरकारका प्रवक्ताले भने १६४ जनाको मृत्यु भएको जनाएको छ ।  सो प्रदर्शन क्रममा २८ सय भन्दा बढी व्यक्ति पक्राउ परेका पनि समाचारमा जनाइएको छ । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप