२० चैतमा काँग्रेस केन्द्रीय समिति बैठक
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक चैत २० गते बस्ने भएको छ । सोमबार बसेको पदाधिकारी – पूर्व पदाधिकारी सम्मिलित बैठकमा भएको सहमति अनुसार २० गतेका लागि बैठक बोलाइने भएको हो । पार्टीको क्रियाशील सदस्यता छानविन समितिको मागअनुसार बैठक बस्न लागेको हो ।
बैठकमा क्रियाशील सदस्यताका वितरण र नवीकरणमा भइरहेको ढिलाइबाट उत्पन्न परिस्थितिको सन्दर्भमा छलफल हुने छानविन समितिका सदस्य श्याम घिमिरेले जानकारी दिए । क्रियाशील सदस्यता बुझाउने अन्तिम मिति सकिँदा पनि सप्तरी, सिरहा, धनुषा, रसुवा, बारा, बर्दिया, बाँके, रुकुम पूर्व र डोल्पामा प्रारम्भिक काम हुन सकेको छैन ।
आजसम्म करिब ४ लाख जनाले क्रियाशिल सदस्यताको मात्र सम्पुर्ण जानकारी इन्ट्री भएको छ । यसपटक मुलुकभर १० लाख क्रियाशिल सदस्य रहेको काँग्रेसले अनुमान गरेको छ । २० गते बस्ने बैठकले क्रियाशील सदस्यता बुझाउने कार्यतालिका संशोधन गर्ने छ ।
यतिबेला तालिका संशोधनका लागि छानविन समितिलाई गृहकार्य गरिरहेको छ । उक्त बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बुझिएको छ ।
११ फागुनमा प्रतिनिधिसभा पुनःस्थापना भएपछिको राजनीतिक परिस्थितिबारे काँग्रेस केन्द्रीय कार्यसमितिमा छलफल हुन सकेको छैन ।
नेताहरुले सार्वजनिक रुपमा बैठकको माग गरेपनि सभापति शेरबहादुर देउवाले बैठक बोलाउन रुची देखाएका थिइनन् । २० गतेको बैठकमा उक्त विषयमा पनि छलफल हुने छानविन समिति सदस्य तथा पार्टी केन्द्रीय सदस्य जीवन परिवारले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा २४.६३ अंकको गिरावट, नेप्से २६ सय नजिक
-
एक महिनासम्म किन केन्द्रमा पुगेन कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवरण ?
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
-
सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरूद्ध, ६ सय घर अन्धकारमा
-
विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था
-
लागुऔषधसहित पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण