एमाले मुख्यालय अब मारवाडीको घरमा
बुधबार, ११ चैत २०७७, २३ : ४४

काठमाडौं । काठमाडौको धुम्बाराहीमा रहेको नेकपा एमालेको केन्द्रीय कार्यालय चाँडै थापाथलीमा सर्ने भएको छ । धुम्बाराहीमा चक्रपथ विस्तार गर्नुपर्ने भएपछि असहज हुने भएकाले केन्द्रीय कार्यालय थापाथलीमा सार्न लागिएको एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।
थापाथली हाइटमा रहेको उमङ्ग मार्गमा रहेको १३ कोठे घरमा कार्यालय सार्न लागिएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीले बुधबार निरीक्षण गरेका छन् । प्रधानमन्त्री ओलीले निरीक्षणपछि अनुमति दिएकाले बुधबारै दुई पक्षबीच भाडा सम्झौता गर्ने तयारी रहेको रिजालले जानकारी दिएपनि भाडाबारे खुलाएनन् । उक्त घर प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोती दुगडका आफन्तको भएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत