डेब्यूका लागि तयार सलमान खानकी भाञ्जी अलिजे अग्निहोत्री
सलमान खानको परिवारको ग्ल्यामर इन्डष्टिसँग पुरानो नाता छ । सलमानका पिता सलिम खानले फिल्म इन्डष्ट्रिलाई निकै राम्रा फिल्म प्रदान गरेका छन् । अब उनको परिवारका एक नयाँ सदस्य मनोरञ्जन क्षेत्रमा कदम राखेकी छिन् ।
सलमान खानकी भाञ्जी अलिजे अग्निहोत्री बलिउडमा डेब्यू गर्ने खबर छ । अलिजे अविनाश बडजात्याको फिल्मबाट डेब्यू गर्ने खबर छ ।
स्मरण रहोस्, अविनाश फिल्म निर्माता सूरज बडजात्याका छोरा हुन् र यो फिल्म अविनाशको डायरेक्टोरियल डेब्यू हुनेछ । खबरका अनुसार यो फिल्ममा सनी देओलका कान्छा छोरा राजवीर मुख्य हिरोको भूमिकामा हुनेछ । उनी अलिजेको अपोजिट रोलमा हुनेछन् ।
रिपोर्टका अनुसार यो रोमान्स कमेडी फिल्म हुनेछ । अयान मुखर्जीको फिल्म ये जवानी हे दीवानीको लाइनमा यो फिल्म आधारित हुनेछ । यद्यपि, फिल्मको विषयमा आधिकारिक घोषणा हुन बाँकी छ ।
अलिजेको कुरा गर्नुपर्दा उनी सलमान खानकी बहिनी अलवीरा खान र अतुल अग्निहोत्रीकी छोरी हुन् । अतुलले धेरैजसो आफ्नी छोरीसँग फोटो सेयर गरिरहन्छन् । उनलाई थुप्रै पार्टीमा पनि अलिजेसँग देखिएको छ ।
अलिजेको जन्म मुम्बईमा २१ सेप्टेम्बर २००० मा भएको हो । सुरुदेखि नै उनको ग्ल्यामर इन्डष्ट्रिमा रुची रह्यो । उनले दिग्गज कोरियोग्राफर सरोज खानबाट डान्स पनि सिकेकी छिन् ।
अलिजेले सलमान खानको फिल्म दबंग थ्रीबाट डेब्यू गर्ने खबर पनि आएको थियो । यद्यपि, पछि अतुल अग्निहोत्रीले यो खबरलाई गलत बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा नयाँ वर्ष महोत्सवमा भक्तपुरे विस्केट जात्रा
-
एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड प्रदान
-
विदेशी लगानी खुला गर्नेदेखि ५ वर्ष वृद्धभत्ता नबढाउन खनाल आयोगको सुझाव, कार्यान्वयन कति सम्भव ?
-
भारतमा धुलोयुक्त तीव्र आँधी
-
जसपा रुपन्देही जिल्ला अधिवेशन बैशाख १३ गते गर्ने निर्णय
-
सर्वदलीय सहमतिमा संसदको विशेष अधिवेशन आह्वान गर्न मोर्चाको माग