मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

७६ जिल्लामा पुग्यो ग्लोबल आइएमई बैंकको शाखा

बुधबार, ११ चैत २०७७, १४ : १२
बुधबार, ११ चैत २०७७

ग्लोबल आइएमई बैंकले बाजुरा जिल्लाको बडिमालिका नगरपालिका ८, मार्तडीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले सो नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको हो । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा बिस्तार ७६ औं जिल्लामा पुगेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७० शाखा, २४२ एटिएम, २५६ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स समेत भित्र्याउँदै आइरहेको छ । बैंकले २२ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप