शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नर्भिकले टेस्टट्यूब बेबी सेन्टर संचालनमा ल्याउने, सेवा अत्याधुनिक र सुविधायुक्त हुने

बुधबार, ११ चैत २०७७, १४ : ०५
बुधबार, ११ चैत २०७७

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा अब बाँझोपनको अत्याधुनिक प्रविधिबाट उपचार हुने भएको छ ।

विभिन्न कारणले सन्तान नभएकाहरुका लागि आधुनिक प्रविधिहरु भित्र्याएर नर्भिक अस्पतालले छिट्टै बाँझोपनको उपचार गर्ने विशेष प्रजनन् केन्द्र नै स्थापना गरी अन्तराष्ट्रिय स्तरको सेवा दिने तयारी थालेको हो ।

हस्पिटलकी प्रबन्ध निर्देशक मेघा चौधरीकाअनुसार नर्भिकले २ महिनाभित्रमा छुुट्टै आइभिएफ एण्ड फर्टिलिटि सेन्टर सञ्चालनमा ल्याउन लागेको हो ।

नेपालकै चर्चित वरिष्ठ स्त्री रोग तथा टेस्ट ट्यूब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टीमले उपचार सेवा प्रदान गर्नेछ ।

डा. शर्माकाअनुसार नर्भिक अस्पतालको आइभिएफ एण्ड फर्टिलिटि सेन्टर नेपालका अस्पतालहरुमध्येकै अत्याधुनिक एवम् सुविधायुक्त हुनेछ । विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी स्तरीय स्वास्थ्य सेवा दिइने योजना बनाइएको डा. शर्माले जानकारी दिइन् ।

यो सेन्टरमा बंशाणुगत रोगको पहिचान गर्ने प्रिजेनेटिक डाइग्नोसिस सेवासहितको ल्याब समेत संचालन हुनेछ । नेपालमा हालसम्म कुनै पनि आइभिएफ सेन्टरमा प्रिजेनेटिक डाइग्नोसिस सेवा संचालनमा आउन सकेको छैन । प्रिजेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भू्रणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले बंशाणुगत रोगको जोखिम निराकरण हुने चिकित्सकको भनाइ छ ।

डा. शर्माले विगत १५ वर्षदेखि काठमाण्डौंका विभिन्न अस्पतालसँग आवद्ध रहेर स्त्री रोग तथा बाँझोपनको समस्या रहेका सयौं बिरामीलाई सेवा दिइसकेकी छन् ।

नर्भिकको यो सेन्टरमा आधुनिक सुविधासहित स्त्री रोग, प्रसूति सेवाका साथै निसन्तान दम्पत्तिहरुका लागि उपचार सेवा उपलब्ध हुने बताइएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप