शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुरु जलविद्युतले चैत २० देखि आईपीओ निष्काशन गर्ने, मूल्य १ सय २० रुपैयाँ

बुधबार, ११ चैत २०७७, ११ : २२
बुधबार, ११ चैत २०७७

रुरु जलुविद्युत परियोजनाले चैत २० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले अङ्कित मूल्यमा प्रिमियम मूल्य थप गरेर  आईपीओ निष्काशन गर्ने भएको हो । यसले १ सय अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम मूल्य थप गरेर प्रतिकित्ता १ सय २० रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।

कूल ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १ सय ५४ कर्मचारी र २० हजार ३ सय ८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १ सय ६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आईपीओ बिक्री नभएमा वैशाख ३ गतेसम्म बिक्री खुला राख्ने छ । रुरु जलविद्युतको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

इक्रा नेपालले यस परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ । कम्पनीले पाएको ग्रेड ३ रेटिङले औषतमा राम्रो भएको देखाउँछ । यसअघि रुरुले स्थानीयलाई आईपीओ बिक्री गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप