भोक कम लाग्नु र तौल घट्नु पनि क्षयरोगको लक्षण, थाहा पाउनुस् बच्ने तरिका
क्षयरोग (टीबी) का एक बिरामीले ५ देखि १५ जनालाई संक्रमित गर्नसक्छ । सन् २०१९ मा टीबीका कारण संसारभरी १४ लाखको मृत्यु भएको छ र ३० प्रतिशतसम्म टीबीका नयाँ बिरामी भेटिए । संसारमा मृत्यु हुनेको १० ठूला कारणमा टीबी पनि समावेश छ ।
कोरोनाको महामारी अहिलेसम्म पनि समाप्त भएको छैन । यसका केही लक्षण टीबीसँग मिल्दोजुल्दो हुन्छ । विशेषज्ञका अनुसार सतर्कताले नै दुबै रोगबाट बचाउनेछ त्यसैले मास्क अनिवार्य रुपमा लगाउनुपर्छ, सामाजिक दुरीलाई ध्यानमा राख्नुहोस् र टीबीको औषधी बन्द हुन नदिनुहोस् ।
आज विश्व क्षयरोग दिवस हो । भारतको जसलोक हस्पिटल एण्ड रिसर्च इन्स्टिच्युट मुम्बईका विशेषज्ञमार्फत् टीबीको उपचार के हो र कस्ता लक्षण देखिँदा सचेत हुनेबारे जानकारी लिऔं ।
क्षयरोग दुई प्रकारका हुन्छन्, यो बुझ्न जरुरी छः
शरीरमा मायकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाको संक्रमण हुनु हो । यो दुई प्रकारको हुन्छः
१. पल्मोनरी टीबीः
टीबीको ब्याक्टेरियाले फोक्सोलाई मात्रै संक्रमण गर्छ भने यसलाई पल्मोनरी टीबी भनिन्छ । यो सबैभन्दा कमन हो । छाती दुख्ने र लामो समयसम्म खकारसहितको खोकी लाग्नु यसको सबैभन्दा सामान्य लक्षण हो । यसका २५ प्रतिशत बिरामीमा लक्षण देखिँदैन । तर कहिलेकाँही खोकीसँगै रगत आउन सक्छ । यसलाई नजरअन्दाज नगर्नुहोस् । यस्तो बिरामीमा फोक्सोको माथिल्लो भाग अत्यधिक प्रभावित हुन्छ ।
२. एक्स्ट्रापल्मोनरी टीबीः
भारतको जसलोक हस्पिटलका जनरल मेडिसिन कन्सल्टेन्ट डा. आरपी रामका अनुसार जब टीबीको ब्याक्टेरिया फोक्सोको बाहिर संक्रमण फैलन्छ तब यसलाई एक्स्ट्रापल्मोनरी टीबी भनिन्छ । साधारणतया ज्वरो आउनु, राती पसिना आउनु, भोक नलाग्नुजस्ता लक्षण देखिन्छ । टीबीका १५–२० प्रतिशत मामिलामा संक्रमण फोक्सोबाहिर फैलन्छ । यो मामिला बच्चा र कम प्रतिरोधी क्षमता भएका मानिसहरुमा देखिन्छ । एचआइभीका बिरामीमा ५० प्रतिशतसम्म एक्स्ट्रापल्मोनरी टीबीका मामिला देखिने गर्छ ।
के टीबीको पूर्ण उपचार सम्भव छ ?
जसलोक हस्पिटलमा रेस्पिरेटरी मेडिसिन कन्सल्टेन्ट डा. समिर गार्डे भन्छन्, ‘टीबीका बिरामीले खोक्दा, हाच्छिउँ गर्दा, बोल्दा र गीत गाउँदा टीबीको ब्याक्टेरियाले अगाडिको मानिसलाई संक्रमित गर्न सक्छ । संक्रमित व्यक्तिको मुखबाट निस्किएको र्यालका छिट्टामा टीबीको ब्याक्टेरिया हुन्छ जसले संक्रमण फैलाउने गर्छ । यस्ता बिरामीको सम्पर्कमा आउनबाट जोगिनुहोस् । यसको पूर्ण उपचार सम्भव छ । त्यसैले लक्षण देखिँदा डाक्टरसँग सम्पर्क गर्नुहोस् ।
संक्रमणको थुप्रै वर्षपछि पनि देख्न सकिन्छ असरः
टीबीको हरेक संक्रमण खतरनाक होइन । बच्चामा टीबीको मामिलाभन्दा फोक्सो बाहिर हुने टीबीको संक्रमण खासै खतरनाक हुँदैन । साधारणतया एक स्वस्थ व्यक्तिमा शरीरको प्रतिरोधी क्षमताले नै टीबीको ब्याक्टेरियालाई नष्ट गरिदिन सक्छ । तर केही मामिलामा यस्तो हुन सक्दैन । करिब १० प्रतिशत मामिला यस्ता पनि हुन्छन् जसमा टीबीको संक्रमण भएको थुप्रै वर्षपछि पनि लक्षण देखिन्छ ।
यो असर त्यतिबेला देखिन्छ जब रोगबाट बचाउने प्रतिरोधी क्षमता कमजोर हुने गर्छ । जस्तै कोही बिरामी मधुमेहसँग जुधिरहेका छन् भने वा उनीहरुमा पोषक तत्वको कमी भएको छ भने वा धुम्रपान र मद्यपानको अत्यधिक सेवन गर्छ भने यस्तो स्थितिमा संक्रमित हुने खतरा बढी रहन्छ ।
टीबीको गम्भीर मामिलामा घाँटी सुन्निने, पेट सुन्निने, टाउको दुख्ने र हृदयघात पनि हुनसक्छ । क्षयरोगको पूर्ण उपचार सम्भव छ । त्यसैले यस्तो हुँदा औषधी समयमा नै लिनुहोस् र कोर्स अधुरो नछोड्नुहोस् ।
उपचारमा लापरवाही गर्दा औषधी बेअसर हुनसक्नेः
डा. आरपी राम भन्छन्, ‘थुप्रै पटक लक्षणलाई आधार मानेर बिरामीलाई टीबी छ–छैन भनेर थाहा पाउन मुश्किल छ । यस्तोमा केही परीक्षण गर्ने गरिन्छ जस्तै छातीको एक्सरे, खकारको जाँच । क्षयरोगको उचार गराउन जति ढिला गरिन्छ, त्यति नै खतरा बढ्छ । उपचारमा ढिला गर्दा वा औषधी लिन लापरवाही गर्दा औषधी बेअसर हुनसक्छ । यसलाई मल्टी–ड्रग रेसिस्टेन्ट टीबी भनिन्छ । त्यसैले न त औषधी रोक्नुहोस् न नै यसको कोर्स अधुरो छोड्नुहोस् ।’
यी ७ लक्षणले टीबीतर्फ ईशारा गर्छन्ः
– लामो समयसम्म सुख्खा खोकी लाग्नु
– खकारमा रगत देखिनु
– सास फेर्दा छाती दुख्नु
– बेचैनी र सुस्तता महसुस हुनु
– भोक कम लाग्नु र तौल घट्नु
– राती हल्का ज्वरो आउनु
– थकाई लाग्नु र शरीर दुख्नु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन