शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘देशको भूभाग कब्जा हुँदा प्रधानमन्त्रीको रहस्यमय मौनता !’

बुधबार, ११ चैत २०७७, १० : १३
बुधबार, ११ चैत २०७७

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितामाथि नै गम्भीर खेलबाडमा लागेको आरोप लगाएका छन् ।

बुधबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्ने पूर्व रक्षामन्त्री समेत रहेका रावलले प्रधानमन्त्री ओली आफ्नो कुर्सी जोगाउन नेपालको अस्मितासँग गाँसिएको नागरिकता लगायतका दीर्घकालिन हितसँग सम्बन्धित विषयमा प्रतिकुल असर पर्ने गरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लिन रहेको बताएका हुन् ।

‘प्रम केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासँग गाँसिएको नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्नेगरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ’, रावलले भनेका छन्, ‘देशभक्त नेपाली सजग होऔं !’

१२ मिनेटको फरकमा अर्को ट्वीट गर्दै रावलले दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेका बेला प्रधानमन्त्री अ‍ोली भने बालुवाटारमा पदको खेल र झेलमा मग्न भएको उल्लेख गरेका छन् ।

‘दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेछ, प्रम केपी ओली बालुवाटारमा पदको खेल र झेलमा मग्न हुनुहुन्छ। सत्ता र कुर्सीका सामु प्रम केपी ओलीका लागि देशको भूभाग विदेशीले कब्जा गरोस् वा अतिक्रमण केही चासोको विषय नरहेको झैं देखियो–रहस्यमय मौनता !’ रावलको पहिलो ट्वीटमा भनिएको छ ।

रावल मात्रै होइन, नेपालको राष्ट्रियताका सवालमा प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा समेत काँग्रेस नेता दिलेन्द्रप्रसाद बडुले पनि गम्भीर प्रश्न उठाएका थिए । उनले दार्चुलास्थित नेपाल–भारत सीमामा भारतले एकतर्फी रुपमा संरचना निर्माण गरेको भन्दै कालापानी लिपुलेक र लिम्पियाधुराको जमिन फिर्ता ल्याउने पहल गर्न माग गरेका थिए ।

उनले सहमतिबिना त्यस क्षेत्रमा तटबन्ध समेत निर्माण गरेको भन्दै नेपाल पक्षले गरेको आग्रहलाई वेवास्ता गरिएको बताए । ‘भारतले अहिले बनाइरहेको तटबन्धले थप गाउ बग्ने सम्भावना छ’ नेता बडूको भनाइ छ । बडुले भारतले बनाएको संरचनाका कारण नदीले धार परिवर्तन गर्दा सरकारी कार्यालयहरु नै भारततिर परेपनि नेपाल सरकारले कुनै पहल नगरेको भन्दै ध्यानाकर्षण गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप