शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि नदोहोरिउन् यी कारुणिक दृश्य

बुधबार, ११ चैत २०७७, ०९ : ०९
बुधबार, ११ चैत २०७७

चैत्र १० गते साँझ सरकारले एकाएक सूचना जारी गर्यो – कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण गर्न भोलिदेखि देशभर लकडाउन गरिनेछ । विश्वभर फैलिरहेको कोरोनाभाइरसको महामारीबाट नेपाल अछुतो रहने कुरा पनि थिएन । लकडाउन घोषणा गर्न अघि नै नेपालमा पनि कोरोनाभाइरसका संक्रमित फेला पर्न थालिसकेका थिए । विश्वकै लागि यो भाइरस नयाँ थियो । यसलाई कसरी नियन्त्रण गर्ने ? उपचार कसरी गर्ने ? यसको असर के–कस्ता देखिन्छन् ? भन्ने विषयमा विश्वकै विज्ञ डाक्टर तथा वैज्ञानिकहरु नै अनभिज्ञ थिए । भाइरसको फैलावटलाई रोक्ने र त्यसबाट हुने क्षतिलाई न्यूनिकरण गर्ने एउटामात्रै उपाय भनेको लकडाउन थियो । त्यसैले विश्वका अन्य देशहरुमा लागू गरिएको लकडाउनको मोडल नेपालमा पनि लागू गरियो ।

आज चैत्र ११ गते । नेपालमा पहिलोपटक लकडाउन लागू गरिएको ठ्याक्कै एक वर्ष पूरा भएको छ । लकडाउन लागू भएको एक वर्ष पूरा हुँदै गर्दा मानिसको मानसपटलमा अझै पनि त्यतिबेलाको त्रास, कठिन परिस्थिति र कारुणिक दृश्यहरु ताजै छन् । सुनसान सडक, हिँडेरै घर पुग्न खोजिरहेका जनताको ताँती, एक छाक खानैका लागि सडक लामबद्ध हुनुपरेका सर्वसाधारणको कारुणिक तस्विरहरू त्यतिबेला सामान्य जस्तै बनेका थिए । लकडाउनको प्रभाव सबैतिर परेकै थियो तर सबैभन्दा ठूलो मार दैनिक ज्यालादारी गरेर पेट पाल्ने मजदुरहरूमा परेको थियो । त्यतिबेलाको लकडाउनले देशको अर्थतन्त्रको बृद्धि नै पहिलोपटक ऋणात्मक हुन पुगेको अवस्था छ ।

लकडाउनको एक वर्ष पुग्दै गर्दा नेपाल फेरि चैत्र ११ गतेअघिको परिदृश्यमा फर्किएको छ । छिमेकी मुलुक भारतलगायत विश्वमा नै फेरि पनि कोरोनाभाइरसको संक्रमण बृद्धि भइरहेको छ । केही दिन यता नेपालमा पनि दिनहुँ संक्रमितको संख्यामा बृद्धि हुन थालेका छन् । जनस्वास्थ्यविद्हरु नेपालमा कोरोनाको दोस्रो लहरको संकेत शुरु भइसकेको बताउँदैछन् । सीमानाकामा कडाइ गर्न र हरेक जिल्लाहरुमा क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न परिपत्र गरिसकेको छ ।

कोरोनाको जोखिम कायम रहँदा पछिल्लो समय हामी भने बेपरवाह बन्दै गएका छौँ । भौतिक दुरी कायम गर्नेदेखि स्वास्थ्य मापदण्डलाई पालना गर्न छाडिसकेका छौँ । यदि हामी आफै सचेत नहुने हो भने कोरोना संक्रमणको स्थिति फेरि भयावह बन्ने पक्का छ । नेपालमा हालसम्म २ लाख ७० हजारभन्दा बढी कोरोनाभाइरसबाट संक्रमित भइसकेका छन् भने ३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । फेरि पनि एक वर्षअघि कै परिस्थिति दोहोरिन नदिन हामी सबैजना सचेत हुनै पर्छ । नत्र फेरि त्यही लकडाउनको अवस्थामा हामी फर्कँदैनौँ भन्ने अवस्था रहन्न ।

यहाँ फोटोपत्रकार सुवास श्रेष्ठले लकडाउनको अवधिमा खिचेका केही तस्विरहरू यहाँ प्रस्तुत गरिएको छ । हेरौँ तस्विरहरुः

खाना बाँड्दै रत्नपार्कमा


पाटन दरबार क्षेत्रमा स्यानिटाईज गर्दै

जोरपाटीमा मानिस समात्दै पुलिस

सुनसान बसन्त दरबार क्षेत्र

बसन्तपुर दरबार क्षेत्रमा मानिस समात्दै पुलिस

भक्तपुरमा साँझपख तरकारी किन्दै

दोस्रो चरणको लकडाउनमा नयाँ सडकको बाटोमा कपाल काट्दै

बसुन्धरामा खाली सडक

खाना बाँड्दै रत्नपार्कमा

खाली असन

लकडाउनमा विदेशमा अड्केको शव ल्याउँदै 

शव व्यवस्थापनको अभ्यास गर्दै नेपाली सेना

त्रिभुवनपार्कमा मानिसलाई  बाहिर जान बन्देज 

ट्राफिक  प्रहरीले गाडी चेक गर्दै भद्रकालीमा

फ्रन्टलाइनमा काम गर्नेहरु लाई ताली बजाएर समान गर्दै ट्राफिक प्रहरी

युवाहरुको आन्दोलन

दोस्रो चरणको लकडाउनमा टेकु अस्पतालमा कोभिड चेक गराउनेको लाईन

कालिमाटी तरकारी बजारमा कोभिड चेक गराउँदै

बुद्ध जयन्तीको दिनमा  बौद्ध

अनलाईन क्लास लिँदै 

स्वास्थ्य परीक्षण गर्दै

कोभिडबाट ज्यान गुमाएकाहरुको शव व्यवस्थापन

पाटन दरबार क्षेत्र

सुनसान मस्जिद

पीपीइ बनाउँदै

क्वारेन्टिनको दृश्य

लकडाउनको पहिलो दिन प्रहरीको चेकजाँच

लकडाउनले सफा काठमाडौँ

चार्टर्ड विमानबाट बाहिर जाँदै

हिँडेरै घर फर्कदै सर्वसाधारण

खाली बसपार्क

घर फर्किने पखाई

ट्रकमा चढेर आफ्नो घर जाँदै

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप