मंगलबार ८१ औँ पाकिस्तान दिवस मनाइयो

एजेन्सी । पाकिस्तानमा मङ्गलबार ८१ औँ पाकिस्तान दिवस मनाइएको छ । परम्परागत रूपमा मनाइँदै आएको एक दिनलाई उन्मुक्तिको दिवस र गणतन्त्र दिवसको रूपमा समेत मनाउने गरिएको छ । पाकिस्तानमा हरेक वर्षको मार्च २३ तारिखका दिन विषेश महत्वका साथ यो दिवस मनाउने गरिएको छ ।
स्वतन्त्र मुस्लिम राज्यका लागि भएको सङ्घर्षले सन् १९४० को मार्च २३ तारिखका दिन सफलता पाएकाले यस दिनलाई पाकिस्तान दिवसको रूपमा मनाउने गरिएको हो । दिवसका अवसरमा राष्ट्रपति अरिफ अल्भी र प्रधानमन्त्री इमरान खानले छुट्टाछुट्टै शुभकामना सन्देश प्रकाशित गरी पाकिस्तानी नागरिकको सुख, समृद्धि र सुस्वास्थ्य कामना गरेका छन् ।
देशलाई राम्रो कल्याणकारी राज्यको रूपमा स्थापित गर्नका लागि राज्यका सबै निकायलाई जनताले र जनतालाई राज्यका निकायहरूले अझ सहयोग गर्नु पर्नेमा उनीहरूले जोड दिएका छन् । सबैका बीचमा सहकार्यलाई पनि उत्तिकै बलियो बनाएर लैजान राष्ट्रपति र प्रधानमन्त्री दुवैले सबैलाई आह्वान पनि गरेका छन् ।
दिवसका अवसरमा राजधानीमा सैनिक प्रदर्शनी पनि गरिएको थियो भने विभिन्न निकाय र सङ्घसंस्थाले विभिन्न कार्यक्रमहरू आयोजना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलायो सरकारले
-
नेतृत्व टीम नबदलिएसम्म पार्टी निर्माण हुन सक्दैन : जनार्दन शर्मा
-
सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप मंगलबारदेखि
-
ऊर्जाराज्यमन्त्री भन्छन्– कुलमानलाई हटाउन हुँदैन
-
रिंकुकुमारीको न्यायका लागि अखिल क्रान्तिकारीले गर्यो माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
-
प्रहरी कुट्ने अखिलका नेता जोशीसहित ५ जनालाई धरौटीमा रिहा गर्न आदेश