शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानको महिला लिगको एकै खेलमा नेपालकी अनिताको १६ गोल

मङ्गलबार, १० चैत २०७७, २१ : २१
मङ्गलबार, १० चैत २०७७


पाकिस्तानमा भइरहेको राष्ट्रिय महिला फुटबल च्याम्पियनसीपमा नेपालकी अनिता केसीले एकै खेलमा १६ गोल गर्न सफल भएकी छिन् । मासा युनाइटेडलाई कराची वुमन फुटबल क्लबविरुद्ध ३५–० को विशाल जीत दिलाउने क्रममा केसीले सो उपलब्धि हासिल गर्न सफल भएकी हुन् ।

केएमसी स्टेडियमा भएको खेलमा उनले टोलीका लागि सर्वाधिक १६ गोल गरिन् । मासा युनाइटेडले सन् २०२१ को लिगको संस्करणमा एकै खेलमा सर्वाधिक गोलको कीर्तिमान पनि तोड्न सफल भएको छ । केसीकी समकक्षी सरु लिम्बुले १० गोल गरिन् ।

त्यस्तै, फैसलाबादको टोलीका लागि करिबाले ह्याट्रिक गरिन् भने सामरोज सामरिन, गीता राना, अञ्जिला तुम्बापो सुब्बाले दुई–दुई गोल गरे ।

जीतसँगै मासा समूह बीको गोलअन्तरको आधारमा शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा कराँची युनाइटेड रहेको छ । दुवै टोली बिहीबार भिड्ने छन् ।

स्रोत : https://www.footballpakistan.com/

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप