पठाओलाई लोगोअङ्कित ज्याकेट र ट्राउजर नलगाउन निर्देशन
काठमाडौं । तीव्र विवादका बीच अन्ततः सेयर राइडिङ कम्पनी पठाओले आफ्ना राइडरहरुलाई कम्पनीको लोगोअङ्कित कुनै पनि कपडा नलगाउन ह्वीप जारी गरेको छ । कोभिड कालमा स्वास्थ्य सुरक्षाका लागि आवश्यक प्रोटोकलको रुपमा कम्पनीले राइडरहरुलाई कम्पनीको लोगो अंकित पीपीईको ज्याकेट, ट्राउजर वितरण गरेकोमा अहिले त्यसैले समस्या निम्तिएको भन्दै अर्को सूचना जारी नहुँदासम्म उक्त कपडा नलगाउन राइडरहरुलाई कम्पनीले निर्देशन दिएको हो ।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले राइडरहरुमा यस्तो सूचना गरेको छ । अन्यथा, त्यसबाट घट्न सक्ने घटना र कारबाहीबाट स्वयम् राइडरले भोग्नुपर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘कोरोना कहरमा जारी गरिएको सरकारी स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार पठाओ नेपाल प्रालिले राइडर र सेवाग्राहीको स्वास्थ्य सावधानीलाई मध्यनजर गर्दै राइडरलाई राइडको समयमा अनिवार्य गराएको ‘प्रेटेक्टिभ गेयर’ (ज्याकेट र ट्राउजर सहितको कपडा) तत्कालका लागि बन्द गरेको छ ।
पछिल्लो समयमा पठाओ सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफलअनुसार अफलाइन राइडको विकृतिलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन तत्कालको लागि पठाओको प्रोटेक्टिभ गेयर प्रयोग नगर्न निर्देशन भएकोले सम्पूर्ण राइडरले पठाओको लोगो या ब्रान्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नाअएसम्म प्रयोग नगर्न अनुरोध गरिएको छ’ पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
साथै उक्त सूचनालाई बेवास्ता गरेको खण्डमा प्रशासनबाट कारवाही समेत हुन सक्ने र सो अवस्थामा कम्पनी जिम्मेवार नहुने जानकारी विज्ञप्तिमा उल्लेख छ । तर, कम्पनीको लोगो अंकित कुनै पनि कपडा (एप्रोन) मा बन्देज गरिए पनि राइड सेवा भने निर्वाध चल्ने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज हुँदै यात्रा गर्दा सावधानी अपनाउन आग्रह
-
सयभन्दा बढी उजुरी अध्ययनका लागि ७ सदस्यीय समिति गठन
-
अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने व्यवस्था अन्त्य गर्ने ट्रम्पको तयारी
-
नेपाल बार एसोसिएसनले ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनको आयोजना गर्ने
-
५ अंकले बढ्यो नेप्से, ६ अर्ब १९ करोडको कारोबार
-
आजीवन कैदको व्यवस्था कानुनमा राख्न हुँदैन : महान्यायाधिवक्ता बडाल