साल्ट ट्रेडिङको सेयर मूल्य उकालो लाग्यो, चन्द्रागिरिको वृद्धि यात्रा रोकिएन
मङ्गलबार सेयर बजार १४.५७ अङ्कले वृद्धि भएको छ । ०.५८ प्रतिशतले बढेको बजारमा ५ अर्ब १४ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस दिन ट्रेडिङ, होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा कम्पनी, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहमा वृद्धि भएको छ भने बैंकिङ समूह, विकास बैङ्क समुह, फाइनान्स, उत्पादन तथा प्रशोधन, अन्य र जीवन बीमा समूहतर्फ भने गिरावट आएको छ ।
आजको बजारमा साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य उचालिएको छ । यसको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिसेयर ११ हजार ५ सय ५० रुपैयाँ पुगेको छ । यसको बजार पुँजीकरण अहिले २२ अर्ब १७ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।
यता निरन्तर बढिरहेको चन्द्रागिरिको सेयर मूल्यको वृद्धि यात्रा रोकिएको छैन । यसको सेयर मूल्य मङ्गलबार ९.९८ प्रतिशतले बढेको छ । यसको प्रतिसेयर मूल्य १ हजार सात सय १९ रुपैयाँ रहेको छ ।
कारोबार रकमको आधारमा भने नेपाल इन्फ्रास्टक्चर बैङ्क अगाडी छ । यसको आज ५२ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान गठबन्धन रहने नरहने ओलीमा भर पर्छ : मातृका यादव
-
नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो
-
हाम्रो कृषि विकासको बाटो कुन ?
-
पेन्सन स्किमको मुद्दामा हाम्रो ऐक्यबद्धता छ : महासचिव राई
-
ट्रयाक्टरले किचेर एकको मृत्यु
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल