शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पृथ्वीको एक भाग तीव्र गतिले चिसो भइरहेको छ

मङ्गलबार, १० चैत २०७७, १६ : २०
मङ्गलबार, १० चैत २०७७

अर्बौं जीवको वासस्थान रहेको पृथ्वीको एक भाग अर्को भागको तुलनामा अत्यन्त छिटो चिसो भइरहेको तथ्य पत्ता लागेको छ । नर्वेस्थित ओस्लो विश्वविद्यालयले हालै गरेको एक शोधमा अफ्रिकी भूभागको तुलनामा प्रशान्त महासागरको भूभाग छिटो चिसो हुँदै गइरहेको थाहा हुन आएको  छ । यस अनुसन्धानमा ४० करोड वर्षसम्मको मोडल र डाटालाई  कम्प्युटरका माध्यमले अवलोकन गरिएको थियो ।

उक्त मोडल र डाटाको आधारमा कुन गोलार्द्ध महाद्विपीय पिण्डभन्दा कति अलग थियो भन्ने गणना गरिएको थियो ।

 यो शोध हालै 'जिओफिजिकल रिसर्च लेटर्स' (Geophysical Research Letters) मा प्रकाशित छ । वास्तवमा पृथ्वीभित्र एक प्रकारको रातो र तातो लेदो (रेड हट लिक्विड) पदार्थ हुन्छ  । यसले सम्पूर्ण ग्रहलाई भित्रबाट तातो बनाएर राख्ने काम गर्छ ।

KARLSEN, ET. AL./GEOPHYSICAL RESEARCH LETTERS

यो तातो लेदो घुमिरहन्छ, जसले गर्दा गुरुत्वाकर्षण तथा पृथ्वीको 'म्याग्नेटिक फिल्ड' बन्ने गर्छ  । गुरुत्वाकर्षण र 'म्याग्नेटिक फिल्ड'का कारण जीवन प्रदायक वातावरण  पृथ्वीको सतहमा  बाँधिएर रहन्छ । यसको अभावमा पृथ्वीको सतहमा वातावरण रहन सक्दैन । वैज्ञानिकहरुको के अनुमान छ भने यो  तातो लेदो धेरै लामो समयसम्म रहिरहन्छ र सेलाउँदै गएपछि विस्तारै पृथ्वी मङ्गल ग्रहजस्तो बन्नेछ । मङ्गल ग्रहको सतहमा पृथ्वीजस्तो वातावरणको पूर्ण अभाव छ ।  वैज्ञानिकहरुले कुनै उपायबाट मङ्गल ग्रहमा अक्सिजन निर्माण गर्ने हो भने पनि सबैभन्दा ठूलो समस्या के रहेको छ भने यसरी निर्माण गरिएको अक्सिजन मङ्गल ग्रहको सतहमा बाँधिएर रहँदैन  र यो सबै अक्सिजन अन्तरिक्षमा पुग्छ ।  

शोधमा समुद्री सतहको तुलनामा जमिनले धेरै तापक्रम रोक्ने गरेको थाहा हुन आएको छ ।  शोधबाट करोडौँ वर्ष पहिला कुनै समयमा प्रशान्त महासागरको भाग अहिलेको तुलनामा  धेरै तातो थियो भन्ने पनि जानकारी प्राप्त भएको छ ।

स्रोत : https://www.popularmechanics.com/

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप