चीनबाट फर्केका एमबीबीएस विद्यार्थी आन्दोलित, तस्बिरमा हेर्नुहोस् मेडिकल काउन्सिलमा धर्ना
कोभिड–१९ का कारण गत वर्ष चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका छन् ।
चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५२ जना विद्यार्थीहरुले आफ्नो इन्टर्नसिप पुरा नभएको र तत्काल चीन फर्कन पाउने कुनै सम्भावना नदेखिपछि इन्टर्नसिप सुनिश्चितताको माग गर्दै काउन्सिल अगाडि आन्दोलन धर्ना दिएका हुन् ।

विद्यार्थीहरुले ६ महिना अगाडि नै चिकित्सा शिक्षा आयोग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाइएको तर कुनै सम्बोधन नभएकाले आफूहरु समस्यामा परेको बताएका छन् । सन् २०१४को ब्याचमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुको गतवर्ष इन्टर्नसिप रहेको र तीन महिना देखि दश महिना सम्म इन्टर्नसिप गर्न बाँकी रहेको विद्यार्थीहरुले बताएका छन् । पढाई पुरा गरेर काम शुरुगर्नुपर्ने बेला भइसक्दा पनि इन्टर्नसिप पुरा गर्न नपाउँदा अनिश्चित भएर बस्नुपरेको पीडितमध्येका एक विद्यार्थी विनोद बरालले बताए ।

नेपाल मेडिकल काउन्सिलका सदस्य डा. शिवजी पौडेलले आन्दोलनरत विद्यार्थीहरुसँग कुराकानी गर्दै सन् २०१४को ब्याचका विद्यार्थीहरुको जस्तै सन् २०१५का विद्यार्थीहरुको समेत समस्या हुने देखिएकोले तत्काल प्याकेजमै समस्या समाधान गर्न कठिन रहेको बताए । तर कानून अनुसार सहजिकरण गर्नका लागि छलफल भइरहेको पनि बताए । चिकित्सा शिक्षा आयोगबाट निर्णय भएर आएमा कार्यान्वयन गर्न काउन्सिल सकारात्मक रहेको पनि डा. पौडेलले बताए ।

कतिपय विद्यार्थीहरुले काउन्सिलले लिने परीक्षा समेत पास गरिसकेका छन तर इन्टर्नसिप पूरा गर्न नपाउँदा लाइसेन्स पाउन नसकेको विद्यार्थीहरुले बताएका छन् । बाध्यात्मक परिस्थितिमा नेपालकै विश्वविद्यालय अन्तर्गतका मेडिकलहरुमा इन्टर्नसिप पूरा गर्न पाउने इन्टर्नसिप गाइडलाइनमा व्यवस्था भए अनुसार आफूहरुको समस्या समाधान हुनुपर्ने माग विद्यार्थीहरुको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण