होली खेल्दा भौतिक दूरी कायम गरौं, मास्क लगाऔं- प्रशासन
काठमाडौं । प्रशासनले यस वर्षको फागु पर्व ‘होली’ मनाउँदा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । भिडभाड नहुनेगरी होली मनाउन आग्रह गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मास्क लगाएर टिका मात्रै लगाउन आग्रह गरेका छन् ।
रातोपाटीसँग कुरा गर्दै पराजुलीले भने–‘संक्रमणको जोखिमका कारण भिडभाड नगरिदिनुहुन हाम्रो आग्रह छ, त्यसबारे सार्वजनिक सूचना र माइकिङ गरेर पनि हामी सचेत गराउँछौँ ।’ सुरक्षाकर्मी परिचालन गरेर भिडभाड नियन्त्रण गर्ने प्रशासनको तयारी छ । होली खेल्दा भौतिक दुरी कायम गर्नुपर्ने पराजुलीले बताए ।
‘भिडभाड नगरिदिन हामी पूर्व जानकारी गराउँछौँ’ प्रजिअ पराजुलीले भने–‘जबर्जस्ती रंग दल्नेलाई अभद्र व्यवहार मुद्दामा कानुनी कारवाही गर्छौं ।’ चैत १५ मा पहाडी र १६ मा तराईका जिल्लामा होली मनाईदै छ । स्वास्थ्य मन्त्रालयले चैत ८ मा विज्ञप्ति निकालेर कोरोना संक्रमण बढ्ने खतरा औंल्याउँदै सभा, सम्मेलन गर्न रोक लगाएको थियो ।
स्वास्थ्यले खतरा औंल्याएपछि ‘होली खेल्न दिने’ निर्णयबाट प्रशासनपछि हटेको हो । विगतमा काठमाडौंको ठमेल, वसन्तपुर लगायतका क्षेत्रमा ठुलो भिड जम्मा भएर होली खेलिने परम्परा थियो । गृहमन्त्रालयले मास्क अनिवार्य गर्न र भिडभाड हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण