ओलीलाई रावलको प्रश्न : तपाईंलाई लाज लाग्दैन ? (भिडियो)
काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको विधान विपरीत आफूहरुलाई स्पष्टीकरण सोध्न लाज लाग्नुपर्ने बताएका छन् ।
मंगलबार माधव नेपाल पक्षको अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै नेता रावलले आफै पार्टीको विधि र विधानविपरीत निर्णय गर्दै जाने ओलीले नेताहरुलाई स्पष्टीकरण सोध्न लाज लाग्नुपर्ने बताएका हुन् ।
नेता रावलले एमाले केन्द्रीय समितिमा आफ्ना मान्छेहरूलाई मनोनयन गरेर अध्यक्ष ओलीले पार्टी फुटाउने र विभाजन गर्ने षड्यन्त्र गरेको आरोप पनि लगाए ।
‘हाम्रो पार्टीको विधानको धारा १३ मा राष्ट्रिय महाधिवेशनको कुरा छ । महाधिवेशनअघि विधान अधिवेशन गर्न सकिन्छ तर त्यसभन्दा अघि केन्द्रीय समितिबाट छलफल गरेर मात्रै विधान संशोधन गर्न सकिन्छ । तर ओलीले बालुवाटारमा गुटको भेला गरेर पार्टी विधान संशोधनका नाममा मनलाग्दी गरेका छन्’, रावलको भनाइ छ ।
उनले नवौँ महाधिवेशनबाट बनेको विधान कुल्चेर, उल्लंघन गरेर विधानमा हुँदै नभएको आयोजक कमिटी गठन गरेको समेत बताए । ‘विधान कुल्चेर हामीलाई हटाएको रे, अनि तपाईंहरुले अनुशासन मान्नुभएन, बैठकमा आउनु भएन भनेर स्पष्टीकरण सोध्न तपाईंलाई लाज लाग्दैन ?’ नेता रावलको प्रश्न छ ।
उनले फागुन २८ गते बालुवाटारमा बसेको भनिएको केन्द्रीय समिति बैठक नै अवैध भएको भन्दै उक्त बैठकका निर्णय नमान्ने दोहोर्याए । ‘बालुवाटार बैठकको फागुन २८ को केन्द्रीय कमिटी भनिएको बैठकको निर्णय मान्दैनौँ । आफ्नो विधान मिचेर तपाईंले मनपरी किन गर्नुभयो ?’ रावलले प्रश्न तेस्र्याए ।
उनले आफ्नो सम्बोधन अघि ‘युवा हो उठ, एक भै जुट, यो देश जोगाउन, कम्युनिस्ट मास्ने राज्यलाई नास्ने भष्मासुर भगाउन । हामीले सोच्यौँ स्वाधीनता देशको हिमाल झैँ उठाउन, विश्वका सामु समाजवाद युक्त नेपाल चिनाउन ...’ भन्ने गीत समेत गाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण