काँग्रेसको नेतृत्वमा सरकार निर्माणको तयारी गरिएको छैनः देउवा
मङ्गलबार, १० चैत २०७७, १३ : २१

मोरङ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिले आफ्नो दलका नेतृत्वमा सरकार निर्माण गर्ने तयारी नगरिएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान अवस्थामा सरकारमा सहभागी हुनका लागि पार्टीले मरिहत्ते नगरेको स्पष्ट पारे ।
सभापति देउवाले भने, ‘हाम्रो पार्टी प्रतिपक्षी भएकाले वर्तमान सरकारमा सहभागी हुँदैन, जनताले कांग्रेसलाई प्रतिपक्षको भूमिका निर्वाह गर्न आदेश दिएकाले सोहीअनुसार सशक्त भूमिका निर्वाह गर्ने छ ।’ एक प्रश्नका जवाफमा पूर्वप्रधानमन्त्री देउवाले वर्तमान सरकार विरुद्ध आफ्नो दलले अविश्वास प्रस्ताव ल्याउने सम्बन्धमा आफूलाई थाहा नभएको बताउँदै अन्य दलले कहिले ल्याउने हो भन्नेबारे सम्बन्धित दलका नेतालाई नै सोध्न सल्लाह दिए । नेता देउवा सुनसरी, धरानको एक कार्यक्रममा सहभागी हुन यहाँ आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी कार्यालयमा रवि लामिछानेले बजाए घण्टी, कार्यकर्ताद्वारा नाराबाजी
-
राष्ट्रियसभाबाट चार प्रतिस्थापन विधेयक बहुमतले पारित
-
सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन
-
प्याब्सनको तीन वर्षे कार्ययोजना सार्वजनिक
-
गणतन्त्रको पक्षमा हेटौँडामा एमालेको प्रदर्शन (तस्बिरहरू)
-
इजरायली प्रधानमन्त्रीद्वारा कानूनी चुनौतीलाई बेवास्ता गर्दै नयाँ सुरक्षा प्रमुख नियुक्त