बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको नेतृत्वमा सरकार निर्माणको तयारी गरिएको छैनः देउवा

मङ्गलबार, १० चैत २०७७, १३ : २१
मङ्गलबार, १० चैत २०७७

मोरङ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिले आफ्नो दलका नेतृत्वमा सरकार निर्माण गर्ने तयारी नगरिएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग  कुरा गर्दै उनले वर्तमान अवस्थामा सरकारमा सहभागी हुनका लागि पार्टीले मरिहत्ते नगरेको स्पष्ट पारे ।

सभापति देउवाले भने, ‘हाम्रो  पार्टी प्रतिपक्षी भएकाले वर्तमान सरकारमा सहभागी हुँदैन,  जनताले कांग्रेसलाई प्रतिपक्षको भूमिका निर्वाह गर्न आदेश दिएकाले सोहीअनुसार सशक्त भूमिका निर्वाह गर्ने छ ।’ एक प्रश्नका जवाफमा पूर्वप्रधानमन्त्री देउवाले वर्तमान सरकार विरुद्ध आफ्नो दलले अविश्वास प्रस्ताव ल्याउने सम्बन्धमा आफूलाई थाहा नभएको बताउँदै  अन्य दलले कहिले ल्याउने हो भन्नेबारे सम्बन्धित दलका नेतालाई नै सोध्न सल्लाह दिए । नेता देउवा सुनसरी, धरानको एक कार्यक्रममा सहभागी हुन यहाँ आएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप