नेकपाबारे सर्वोच्चको फैसला ‘करेक्सन’ हुन्छ : रामनारायण विडारी (भिडियोसहित)
काठमाडौं । कानुन व्यवसायी रामनारायण विडारीले नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकन हुने विश्वास व्यक्त गरेका छन् ।
माओवादी केन्द्रका राष्ट्रिय सभा सांसद समेत रहेका विडारीले डीआईजी रञ्जन कोइराला, प्रेरणा शाह र लोकमानसिंह कार्कीको फैसला करेक्सन भएका छ भने यत्रो राजनीतिक कुरा पुनरावलोकन नहुने कुरै नभएको दावी गरे ।
‘रञ्जन कोइरालाको फैसला त करेक्सन गरे, लोकमान सिंह कार्कीको फैसला करेक्सन गरे, प्रेरणा शाह र प्रेरणाराज्य लक्ष्मीदेवी शाहको जग्गा मुद्दाको पुनरावलोकन भयो’, विडारीले भने, ‘यत्रो राजनीतिक दल तोडफोड भएको र एकता भंग भएको कुरा, नेपालको राजनीतिमा उथलपुथल भएको कुरा र जति मागदाबी थियो त्यो भन्दा बढ्ता लेखेको कुरा र कतैबाट निर्देशित जस्तो भएकाले यसलाई पुनरावलोकन हामी सब एकमत छौँ ।’
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपा विरुद्ध ऋषि कट्टेलले आफ्नो नामसँग मिल्दो जुल्दो नाम राखेको भन्दै रिट दिएका थिए । सोही रिटबारे सर्वोच्चले गरेको फैसलापछि नेकपाको एकता भंग भएर एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
-
धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण