समर्थन फिर्ताबारे माओवादीले गर्यो कानुन व्यवसायीहरुसँग छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रले अविश्वासको प्रस्ताव, समर्थन फिर्ता, नेकपाबारे सर्वोच्चले गरेको फैसला र अहिलेको सरकारको हैसियतबारे कानुन व्यवसायीसँग छलफल गरेको छ ।
सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यलयमा माओवादीले कानुन व्यवसायीहरुसँग यसबारे छलफल गर्दै सुझाव मागेको हो ।
त्यसअवसरमा कानुन व्यवसायीहरुले सवै विषयमा काुननी व्यवस्था र अवलम्बन गर्नुपर्ने बाटोबारे सुझाव दिएको कानुन व्यवसायी समेत रहेका सांसद रामनारयण बिडारीले जानकारी दिए ।
‘अविश्वासको प्रस्ताव कसरी दर्ता हुन्छ ? समर्थन फिर्ता कसरी गर्न सकिन्छ ? प्रधानमन्त्रीले विस्वासको मत कसरी लिनुहुन्छ ? चलिरहेको सरकारको हैसियत के हुन्छ ? अबको नेपालको राजनीतिक कोर्ष कता जान्छ र फागुन २३ को फैसलाको पुनवरावलोकन कसरी गर्न सकिन्छ भन्ने बारेमा छलफल भयो । त्यसबारेमा हामीले पुनरावलोकन गर्न उचित हुन्छ भन्ने सुझाव दियौँ ।’, छलफलपछि बिडारीले भने ।
कानुन व्यवसायीसँगको परामर्शपछि माओवादीको स्थायी समिति बैठक बसिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वसन्त’ नितान्त मेरो अनुभूति र ग्रामीण समाजको चित्रण हो : प्रकाश सपूत
-
पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट परिवर्तन
-
दुर्गा प्रसाईंको राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै
-
१० बजे १० समाचार : ज्ञानेन्द्रलाई जरिवाना, राजावादी धमाधम पक्राउ पर्दा कमाण्डर फरार
-
म्यानमारमा गएको भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु
-
आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ