शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा बस र टेम्पो ठोक्किएः १३ को मृत्यु

मङ्गलबार, १० चैत २०७७, १० : ३०
मङ्गलबार, १० चैत २०७७

भारतको मध्यप्रदेशको ग्वालियरमा मंगलबार बिहान ठूलो दुर्घटना भएको छ ।

यहाँको पुरानो छावनी इलाकामा बस र अटो रिक्सा (टेम्पो) ठोक्किँदा १३ जनाको मृत्यु भएको छ ।

ग्वालियर प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र एक पुरुष समावेश छन् ।

राज्य सरकारले मृतकको परिवारलाई ४ लाख भारु र घाइतेलाई ५० हजार भारुको सहायता रकम दिने घोषणा गरेको छ ।

मुख्यमन्त्री शिवराज सिंह चौहनाले शोकाकुल परिवारप्रति समवेदना जताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप