माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै
नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेबारे अलमल गरिरहेको बेला स्थायी कमिटी बैठक बोलाइएको हो । माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा* बिहान ८ बजेका लागि बैठक राखिएको खबर आएको रातोपाटीलाई जानकारी दिइन् । उनले बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै सांगठनिक विषयमा छलफल हुने बताइन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई माओवादी केन्द्रले समर्थन कायम राखेकै कारण देखाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्ता समीकरणबारे तत्काल निर्णय लिन सकिरहेको छैन । त्यस्तै, अर्को विपक्षी दल जनता समाजवादी पार्टी (जसपा) पनि अनिर्णीत छ ।
फागुन २३ को सर्वोच्चको फैसलाअनुसार नेकपाको पार्टी एकता बदर भएर पूर्ववत् अवस्थामा एमाले र माओवादी केन्द्र नै ब्युँतिएपछि माओवादी केन्द्र पार्टीको संगठनात्मक संरचना निर्माणदेखि पार्टीको पछिल्लो राजनीतिक धारणा बनाउन जुट्दै आएको छ ।
यसअघि फागुन १ र २ मा पार्टीको केन्द्रीय कमिटी बैठक बसेको थियो । उक्त बैठकले बैठकले पछिल्लो राजनीतिक घटनाक्रम र एजेण्डामा निर्णय लिने अधिकार स्थायी कमिटीलाई अधिकार दिएको थियो ।
*यसअघि पार्टी कार्यालय पेरिसडाँडामा उल्लेख भएकोमा सच्चाइएको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
-
गायिका लक्ष्मीले नचाइन् भारतको जोलजीबी मेलामा दर्शक
-
स्थानीय तह उपनिर्वाचन : प्रचारप्रसार गर्ने आज अन्तिम दिन
-
रामराजा क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ
-
जग्गाको टुङ्गो छैन, प्रादेशिक संरचना निर्माणका लागि बर्सेनि बजेट विनियोजन
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)