नयाँ वर्ष २०७८ मा टिभिएसको यस्तो अफर
काठमाडौं । नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै टिभिएस वा, वाह्, वाह् ग्राहक योजना अघि ल्याएको छ । चैत्र ८ गतेबाट उत्साहजनक अफरहरुको साथमा शुरु भएको यस योजना वैशाख ३१ गतेसम्म चल्नेछ ।
यस योजनाअन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल वा स्कुटरकोे खरिदमा रू १०,००० सम्म पक्का डिस्काउन्टको व्यवस्था साथै शून्य प्रतिशत ब्याजदर भएको ‘वा’अफर रहेको छ । साथै योजनालाई ‘वा’ बाट ‘वाह्’ बनाउन योजनाको समय अवधीमा टिभिएसको कुनैपनि मोटर्साइकलवा स्कुटर खरिद गर्नुहुने ग्राहकहरु मध्ये १ जना भाग्यशाली ग्राहकलाई हरेक १५ दिनमा फेसबुक लाइभमार्फत एउट नयाँ टिभिएस Apache RR 310 उपहार स्वरूपप्रदान गरिनेछ ।
योजना यतिमा मात्र सिमित नभएर ‘वा’ बाट ‘वाह्’ हुँदै वाह्ह् सम्मको थप भव्य बनाउन, योजनाको अन्त्यमा एकजना अत्तिनै भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरुप Standard MT भर्जनको नयाँ Proton Saga फेसबुक लाइभमार्फत प्राप्त गर्न सक्नेछन् भने यस योजना माथि उल्लेखित समयावधीभित्र देशमा रहेका सम्पूर्ण टिभिएस शोरुममा लागू हुनेछ ।
नेपालभर १०० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मन मस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्ट पुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो