पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना भाइरस सङ्क्रमण
सोमबार, ०९ चैत २०७७, १७ : ३६
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १५० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ४७२ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा १५० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो समय कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ ।
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमित दुई लाख ७६ हजार ५६ पुगेका छन् । त्यस्तै पछिल्लो समय थप ९९ जना निको भएका छन् । यससँगै निको हुने दुई लाख ७२ हजार २० र निको हुने दर ९८ दशमलब ५ प्रतिशत छ ।
अहिले देशभर एक हजार १७ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ५० जना क्वारेन्टिनमा तथा अन्य आइसोलेशनमा छन् । हालसम्म नेपालमा २२ लाख ४० हजार ९८९ को पिसिआर परीक्षण भएको छ । हालसम्म तीन हजार १९ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी कुगेलेइन र जेब नेपालमा
-
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
-
स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरमा हौसिएको छ माओवादी
-
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
-
‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’