सवारी आयातमा ५० हजार डलरको क्याप हट्यो

काठमाडौं । सरकारले सवारी आयातमा लागू भएको ५० हजार डलरको क्याप हटाएको छ । सोमबार राजपत्रमा एक सूचना प्रकाशित गर्दै सरकारले सवारी आयातमा गत वर्षदेखि लागु गरेको ५० हजारको सिलिङ हटाएको जानकारी दिएको हो ।
योसँगै अब अटो व्यवसायीहरुले ५० हजार डलर अर्थात् ६० लाख रुपैयाँ माथिका महँगा सवारीहरू पनि नेपाल भित्र्याउन पाउने भएका छन् । गत वर्ष कोभिड–१९ का कारण चैत ११ गतेदेखि मुलुक पूर्णतः लकडाउन गएसँगै सरकारले १६ गते ५० हजार डलरमाथिका गाडी आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
पछि सो निर्णयलाई केहि परिमार्जन गर्दै सरकारले अत्यावश्यक केहि विदेशी नियोग, एनजीओ, आइएनजिओ लगायतका क्षेत्रहरुले भने ५० हजार डलरभन्दा माथिका सवारी पनि आयात गर्न सक्ने निर्णय गरेको थियो । तर, अहिले सरकारले सबै क्षेत्रका लागि ५० हजारको क्याप हटाएको हो ।
गत वर्ष लकडाउनका बेला अत्यावश्यकीय आयातलाई खुकुलो नीति लिने र अनावश्यक विलासिताका साधनहरुलाई कडाई गर्दै वैदेशिक मुद्रा सञ्चिति कायम राख्ने नीतिअनुरुप सवारी साधन आयातमा कडाई गर्ने नीति दिएको थियो । तर अहिले विदेशी सञ्चितिको अवस्था राम्रो रहेको भन्दै सरकारले सवारी साधनमा लगाइएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले काठमाडौँ महानगरलाई बन्धक बनायो : ज्ञानेन्द्र शाही
-
गाजाबाट डोनाल्ड ट्रम्पलाई पत्र
-
पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी ऊर्जा दिने छ : प्रचण्ड
-
पानीको स्रोत संरक्षण र चराहरूका लागि बुलबुलेमा अर्को ताल निर्माण गरिँदै
-
राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय समिति बैठक जारी
-
प्रीति जिन्टाको १८ करोड ऋण कसले गर्यो माफ ? के भन्छिन् अभिनेत्री ?