स्पष्टीकरण सोधेका नेताहरुको जवाफ पर्खेका छौं: मन्त्री श्रेष्ठ

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रस्ताव पास गरेर हटाउन चुनौती दिएका छन् । उनले सबैभन्दा ठुलो पार्टी एमाले भएकोले सबै दल मिलेर हटाउन नसक्ने चेतावनी दिएका हुन् ।
‘म यो चेतावनी दिन चाहन्छु कि एमालेबाहेक सबै दल मिलेर अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री केपी ओलीलाई हटाउन सक्छ तर अहिलेको अवस्थामा त्यो सम्भव छैन । सबैभन्दा पावर फुल सरकार यही हो यसलाई कसैले हटाउन सक्दैन’उनको भनाई थियो ।
ललितपुरमा आयोजित क्षेत्र नम्बर ९ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले उपत्यका इन्चार्ज समेत रहेका मन्त्री श्रेष्ठले चुनावपछि एमाले सबैभन्दा ठुलो पार्टी हुने दाबी गरे । उनले पार्टीको पार्टीको विधान विपरीत गुटको भेला गरेका कारण वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधिएको स्पष्ट पारे ।
उनले भने, ‘एमाले भएर पार्टी अध्यक्ष माथिनै कारवाही गर्ने चलखेल गर्छ भने उनीहरुमाथि स्पष्टीकरण नसोधे के गर्ने ? अब कारबाही प्रकृया अघि बढ्यो, चित्त बुझ्दो जवाफ नदिए विधानमा व्यवस्था भएअनुसार अघि बढाइनेछ ।’
उनले भने–‘स्पष्टीकरण सोधेका नेताहरुको जवाफ पर्खेका छौ, उचित समयमा विधानअनुसार कारबाही प्रकृया अघि बढाइनेछ ।’ मन्त्री श्रेष्ठले पार्टीभित्र अराजक प्रकृति बढेकोले कारबाही प्रकृया अघि बढाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलरको भाउ घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने