बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस पदाधिकारी बैठक सुरु

सोमबार, ०९ चैत २०७७, १६ : १९
सोमबार, ०९ चैत २०७७

काठमाडौं । नेपाली काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा ४ बजेबाट बैठक सुरु भएको हो । बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यसँग छलफल गर्न लागिएको हो ।

मातहतका समितिबाट क्रियाशील सदस्यता वितरण र नवीकरणको सूची बुझाउने मिति नजिकिएसँगै केन्द्रमा छलफल हुन लागेको हो ।  क्रियाशील सदस्यता सम्बन्धमा विवादित जिल्लाबारे शीर्षस्थ नेताहरूसँगको छलफलबाट छानबिन समितिले निकास माग गरेको छ । आजको बैठकले समसामयिक विषयमा छलफलका लागि केन्द्रीय कमिटी बैठकको माग गर्ने बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप