शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘नेपोटिजमका देवता’ भनेर करण जौहर भइरहेका छन् ट्रोल, शनाया कपूरको डेब्यूमा हल्लीखल्ली

सोमबार, ०९ चैत २०७७, १५ : ३६
सोमबार, ०९ चैत २०७७

सञ्जय कपुर र महिप कपुरकी छोरी शनाया कपुरलार्य करण जौहरको प्रोडक्सन हाउस धर्मा प्रोडक्सनले लञ्च गर्नेछ । यो खबरलाई सोसल मिडियामा शनायाको एउटा रोचक भिडियो सेयर गरेर बताइएको छ । कतिले यो भिडियो निकै तारिफ गरिरहेका छन् । तर यसका साथै एउटा वर्गले पुनः बलिउडमा नेपोटिजमको मुद्दा उठाउँदै करण जोहरलाई ट्रोल गर्न सुरु गरेका छन् ।

वास्तवमा नेपोटिजमको मुद्दामा करण जौहर पहिला पछि ट्रोल हुँदै आएका छन् । करण जौहरमाथि नेपोटिजम र बलिउडमा भाइ–भतिजावाद फैलाएको आरोप सबैभन्दा पहिला नायिका कंगना रनौतले लगाएकी थिइन् । त्यसपछि अघिल्लो वर्ष सुशान्त सिंह राजपूतको निधनपछि त झन् मानिसहरु करण जौरहमाथि झन् बर्सिए र एउटा ठूलो वर्ग सुशान्तको मृत्युका लागि करण जौहरलाई जिम्मेवार पनि बताउन थाले । अब शनाया कपुरको बलिउड डेब्यूको खबरपछि एकपटक पुनः करण जोहरमाथि प्रयोगकर्ताले नेपोटिजमलाई बढावा दिएको भन्दै आरोप लगाउँदै उनलाई नेपोटिजमका देवतासम्म भनेका छन् ।

स्मरण रहोस्, शनाया कपुरअघि करण जौहरले बलिउडमा आलिया भट्ट, वरुण धवन, जान्ह्वी कपुर, ईशान खट्टर, अनन्या पाण्डेजस्तै स्टारकिड्स लञ्च गरेका छन् । यस्तै करणले जान्ह्वीकी बहिनी खुसी कपुर र शाहरुख खानकी छोरी सुहाना खानलाई पनि बलिउडमा लञ्च गर्ने हल्ला चलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप